News Portal

एमाले अध्यक्ष ओली झापा-५ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस

हिमालीसंचार संवाददाता
२७२ पटक

अविन माबो/झापा – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा जिल्लाको क्षेत्र नं.५ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटीले ओलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले नेता इन्द्र भण्डारीले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस गरिएको बताए । भण्डारीका अनुसार ‘०७९ मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एमालेको तर्फबाट झापा जिल्ला क्षेत्र नं ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय सांसदमा सर्वसम्मत सिफारिस हुनुभएको छ।’

गृहनगर दमकसहितको त्यस क्षेत्रबाट एमालेबाट अध्यक्ष ओली निरन्तर उम्मेदवार बन्दै आएका छन् । झापा जिल्लामा ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका अध्यक्ष ओली २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने पराजित भए। २०७४ सालको आमनिर्वाचन ओलीले कांग्रेसका खगेन्द्र अधकारीलाई पराजित गरे। 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...