News Portal

अमरेशकुमार सिंहलाई गर्यो कांग्रेसले कारबाही, गगन थापा उम्मेदवार सिफारिस

हिमालीसंचार संवाददाता
३७९ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद अमरेशकुमार सिंहलाई पार्टीबाट निलम्बन गरिएको छ। उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पनि सिफारिश गरिएको छैन।

स्थानीय तहको चुनावमा पार्टीका अधिकारिक उम्मेरवारहरूविरुद्ध अन्तरघात एवम् असहयोग गरेको जनाउँदै कांग्रेस सर्लाहीको जिल्ला अनुशासन समितिले निलम्बन गरेको हो। उनलाई कांग्रेसबाट निलम्बन गरिएको जानकारी जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई दिएको छ। उनी २०७४ सालको निर्वाचनमा सर्लाही ४ बाट निर्वाचित भएका हुन्। स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै विरोध हुँदै आएको थियो।

निलम्बनमा परेका कारण उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पनि सिफारिश समेत गरिएको छैन। उनको निर्वाचन क्षेत्रबाट क्षेत्रीय कार्यसमितिले गगन थापाको नाम सिफारिस गरेको छ। त्यसपछि सर्लाही जिल्ला कार्यसमितिले उपसभापति सरोज कुमारको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियो। छानबिनमा सांसद सिंहले अन्तर्घात गरेको जनाउँदै समितिले निलम्बन गरेको हो।

सांसद सिंहलाई कारबाही गरेको निर्णय सम्बन्धी पत्र असार ४ गते नै प्रदेश कार्यसमितिलाई पठाइएको थियो। कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाही अन्तर्गत निलम्बन गरिएको हिमालीसंचारडटकमसंग बताए। अनुशासन समितिका संयोजक सरोज कुमारद्वारा हस्ताक्षरित पत्रमा पनि कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम निलम्बन गरिएको उल्लेख छ।

कांग्रेस विधानको धारा ३४ (अनुशासन सम्बन्धी व्यवस्था) (ख) मा पार्टीको विधान, नियमावली विपरीत कार्य गरेमा अनुशासन उल्लंघन गरेको मानिने लेखिएको छ। प्रदेश कार्यसमितिलाई पठाएको पत्र बोधार्थ केन्द्रीय कार्यसमिति र केन्द्रीय अनुसाशान समितिलाई पनि पठाइएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...