News Portal

इँटा भट्टामा मान्छे जलाएको आरोप लागेका आलमलाई कांग्रेसले फेरि बनायो उम्मेदवार

हिमालीसंचार संवाददाता
२२४ पटक

काठमाडौ – नेपाली राजनीतिमा जे पनि हुन्छ भन्नेको नेपालीका यसले फेरि सावित गरेको छ। यस्तो आरोपित व्यक्तिलाई फेरि संसदीय चुनावमा सिफारिस गर्नु भनेको नेपाली कांग्रेसमा फेरि अर्को दुर्घटना निम्त्याउनु हो।

नेपाली कांग्रेसले जिउँदो मान्छेलाई इँटा भट्टामा जलाएको आरोप लागेका र हाल थुनामा रहेका मोहम्मद अफताव आलमलाई रौतहट क्षेत्र नम्बर –२  प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ। नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर –२ को क्षेत्रीय कमिटिले आलमलाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेको हो।

आलम २०७४ को प्रतिनिधि सभामा रौतहट २ बाटै निर्वाचित भएका थिए।  बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेपछि उनी हाल निलम्बनमा  छन्।

२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोटमा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो। उक्त घटना लुकाउन विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप उनी माथि छ। प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...