News Portal

  • खोटाङ जिल्लाबाट जनता समाजवादी पार्टीले उम्मेदवार टुंगो लगायो

    हिमालीसंचार संवाददाता
    ३४७ पटक

    खोटाङ – जनता समाजवादी पार्टी (जसपा) खोटाङले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको टुंगो लगाएको जनाएको हो ।

    जसपाले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ संघीय परिषद् अध्यक्ष अशोक राई र डा. कृष्णकुमार (केके) राईको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पर्शुराम बस्नेत, देवराज राई, तेजमायाँ राई, प्रेमकुमार राई र सुनिल चाम्लिङलाई सिफारिस गरेको छ ।

    प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ राकेश राई,  विवेक राई, नवीन राई, हेमन्त राई र मवीन्द्र राईको नाम प्रदेश कमिटीसमक्ष सिफारिस गरिएको छ । समानुपातिकतर्फ तेजमाया राई, नैनबहादुर कटवाल, बच्चु राई, कमानसिं राई र झुमा पोखरेल सिफारिस भएका छन् ।

    प्रदेश सभा (ख)मा प्रत्यक्षतर्फ देवराज राई र प्रेमकुमार राईको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ रमेश राई, लालबहादुर राई, नैनकला राई, रबिन खम्बू र चक्रप्रसाद फुयाँललाई उम्मेदवार सिफारिस गरिएको जसपाले जनाएको छ ।

    जसपा जिल्ला समन्वय समिति खोटाङको तदर्थ समिति गठन गरिएको छ । डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गरेपछि तत्कालीन अध्यक्ष टंक थापालगायतका नेताले पार्टी छाडेका थिए । प्रदेश कमिटीको सिफारिसमा पूर्णराज राई (पिके खम्बू)को अध्यक्षतामा ८७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

    जिल्ला समन्वय समितिको उपाध्यक्षमा नैनबहादुर कटवाल, मैयाँ राई, निर्मल राई, सचिवमा सुनिल चाम्लिङ, उप–सचिवमा टिकाराम राई, बिरेन्द्र दर्नाल, आशिष राई र कोषाध्यक्षमा नैनकला राई चयन गरेका पार्टीले जनाएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...