News Portal

खोटाङ जिल्लाबाट जनता समाजवादी पार्टीले उम्मेदवार टुंगो लगायो

हिमालीसंचार संवाददाता
४११ पटक

खोटाङ – जनता समाजवादी पार्टी (जसपा) खोटाङले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको टुंगो लगाएको जनाएको हो ।

जसपाले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ संघीय परिषद् अध्यक्ष अशोक राई र डा. कृष्णकुमार (केके) राईको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पर्शुराम बस्नेत, देवराज राई, तेजमायाँ राई, प्रेमकुमार राई र सुनिल चाम्लिङलाई सिफारिस गरेको छ ।

प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा (क)मा प्रत्यक्षतर्फ राकेश राई,  विवेक राई, नवीन राई, हेमन्त राई र मवीन्द्र राईको नाम प्रदेश कमिटीसमक्ष सिफारिस गरिएको छ । समानुपातिकतर्फ तेजमाया राई, नैनबहादुर कटवाल, बच्चु राई, कमानसिं राई र झुमा पोखरेल सिफारिस भएका छन् ।

प्रदेश सभा (ख)मा प्रत्यक्षतर्फ देवराज राई र प्रेमकुमार राईको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ रमेश राई, लालबहादुर राई, नैनकला राई, रबिन खम्बू र चक्रप्रसाद फुयाँललाई उम्मेदवार सिफारिस गरिएको जसपाले जनाएको छ ।

जसपा जिल्ला समन्वय समिति खोटाङको तदर्थ समिति गठन गरिएको छ । डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गरेपछि तत्कालीन अध्यक्ष टंक थापालगायतका नेताले पार्टी छाडेका थिए । प्रदेश कमिटीको सिफारिसमा पूर्णराज राई (पिके खम्बू)को अध्यक्षतामा ८७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

जिल्ला समन्वय समितिको उपाध्यक्षमा नैनबहादुर कटवाल, मैयाँ राई, निर्मल राई, सचिवमा सुनिल चाम्लिङ, उप–सचिवमा टिकाराम राई, बिरेन्द्र दर्नाल, आशिष राई र कोषाध्यक्षमा नैनकला राई चयन गरेका पार्टीले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...