कर्ण बहादुर अधिकारी नुवाकोट / २०७९ साल मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको पुर्व सन्ध्यामा ७७ वटै जिल्लामा कसले टिकट पाउला भन्ने बिषयमा चिया पसल,मेला पात , चौतारीहरूमा बहसको बिषय बनी सकेको छ । आखिर जता जता बहस भए पनि यसपाली कांग्रेसको केन्द्रले टिकट बितरण गर्दा कुनै पनि नेताहरूको मन नदुखाउने गरी टिकट बितरण गर्न जरूरी देख्दछु।जुन उमेदवारको पकट बलियो छ उसलाई नै उमेदवार बनाउन जरूरी छ ।
नजिकका आसे पासेको चित्त बुझाउनकै लागि टिकट बितरण गरीए बिद्रोह पनि हुन सक्छ।सके सम्म जनप्रिय जनताको मनोभावना बुझेका नेताहरूलाई अगाडी उभ्याउदा बेश होला ।आज यसै बिषयको पेरी फेरीमा रहेर नुवाकोटको आसन्न मंसिरमा हुने चुनावमा कांग्रेसको तर्फबाट कसलाई टिकट दिदा उपयुक्त होला भन्ने बिषयमा केहि चर्चा गरौ।नेपाली कांग्रेस नुवाकोटको चुनावी अबस्थालाई मुल्याङकन गर्दा २०४८ साल देखि २०७९ साल सम्म आई पुग्दा बद्रिराम भण्डारी देखि डा. राम शरण महत , अर्जुन नरसिंह केसी,बहादुर सिंह लामा,प्रकाश शरण महत,जगदिश्वर नरसिंह केसी,रमेश कुमार महत,डा. केदार नरसिंह केसी हुँदै युवा पिढीका नेताहरूले लिड गरी रहेका पाउछौ।
आखिर सबैले आआफ्नै स्थानबाट कांग्रेसको संगठन बिस्तार गर्नका लागि भूमिका खेले पनि बिषेश गरी बद्रिराम भण्डारी संगसंगै संगठन बिस्तार गर्ने , नुवाकोट काग्रेसलाई कांग्रेसको गढ बनाउने अर्जुन नरसिंह केसी र डा. राम शरण महत नै हुन्।हामीले ठूला कुरा गरेर हुँदैन जे देख्यो त्यहि भन्न र लेख्न सक्नु पर्छ। अर्जुन नरसिंह केसी र डा. महतले धेरै पटक चुनाव लड्नु भो कहिले जित्नु भो अनि कहिले हार्नु भयो। जित्दा पनि नुवाकोटको बिकासमा लागि पर्नु भयो हार्दा पनि सधै जनताको साथमा रहने जनताको प्रिय पात्रहरूलाई ७४ चुनावमा भने बाम गठबन्धनको नामबाट चुनाव हराई दिए। १ मा माओले जित्यो २ मा एमालेले ।
चुनाव जितेका बाम गठबन्धनको उमेदवारहरूले खासै काम गर्न सकेनन्।डा. महत र केसी मन्त्री हुँदा नुवाकोटको डाडाँ डाडाँ मोटर बाटो पुर्याउने देखि लिएर शिक्षा क्षेत्र,स्वास्थ्य,कृषि र खाने पानीको लागि गुरू योजना नै बनायर बिकास निर्माण भएको थुप्रै उदाहरण छ। देशमा अहिले आसन्न मसिंर ४ को चुनावको कांग्रेस माओ लगायत ५ दलीय गठबन्धन हुने देखिए यसरी चुनावमा गयो भने नुवाकोटको २ वटै क्षेत्रमा कांग्रेसले टिकट पाउने सम्भावना एकदमै न्युन छ।
१ बाट माओका हित बहादुर तामाङले ७४ को चुनावमा जितेका हुन्। यिनले यस पटक टिकट हाप्ने सम्भाबना न्युन छ अर्को कुरो १ मा माओबादीको पकट पनि राम्रै छ ।१ मा महत दाजुभाई डा. महत र डा. प्रकाश शरणले टिकट पाउनका लागि जोर जुलुम गरी रहेका छन् । डा. राम शरण महत कांग्रेसका एकदमै राम्रा नेता हुन। तर यिनलाई नराम्रो चाहि आफ्नै शाखा सन्तान र आसे पासेले बनाए।१ र २ मा कांग्रेसले टिकट पाउनका लागि हित बहादुर समानुपातिक र प्रदेश सबै माओबादीलाई छोड्नु पर्ने देखिन्छ ।यस्तो देखिए पनि हित बहादुर मरीकाटी गए पनि सिट छोड्ने छैन। अब २ को कुरा गरौ २०७४ सालको चुनावमा बाम गठबन्धनबाट उमेदवार बनाईएका नारायण खतिवडाले अर्जुन नरसिंह केसीलाई हराएका हुन कारण माओ र एमालेको भोट एउटै चुनाव चिन्हमा खसे पछि नजित्ने कुरै भएन।
अब त्यसरी नै माओ कांग्रेस गठबन्धन हुँदा कांग्रेसले नजित्ने भन्ने कुरै भएन कांग्रेसको किल्ला नुवाकोट २ मा यस पटक कांग्रेस एक्लैले चुनाव लड्दा पनि चुनाव जित्ने पक्का पक्की नै छ।कारण नारायण खतिवडा प्रति जनताको बितृष्णा । अब २ मा टिकटको आकांक्षी को को हुन र कसले टिकट पाउँदा राम्रो भन्ने बिषयमा चर्चा गरौ । सर्ब प्रथम अग्रज नेता अर्जुन नरसिंह केसीको कुरो गरौ । केसी अहिले सम्म राजनितिमा बिबादमा नआएका सालीन नेता हुन् । झ्याप्पै बोली नहाल्ने तर बोले पछि निति नियममा अडिग भएर बोल्ने सबै कांग्रेसीले रूचायका नेता हुन। आफू मन्त्री हुँदा उहाँको पालामा थुप्रै बिकास निर्माणको काम सम्पन्न भएको थियो । आँखामा हाले पनि नबिझाउने जनताका प्रिय पात्र केसी पहिलो नम्बरमा टिकट पाउनेमा देखिन्छन्। त्यसै गरी बहादुर सिंह लामाले पनि २ बाट टिकट लिनका लागि लविङ गरी रहेका छन् । उहाँको राजनैतिक बेस त्यति मजबुद नभए पनि केन्द्रले रूचाईएका नेता हुन्।ठेक्का पट्टा मार्फत राजनिति प्रवेश गरेका लामाको पनि आफ्नै माहौल छ । त्यसै गरी २ पटक जिल्ला सभापति र सभासद बनी सक्नु भएका जगदिश्वर नरसिंह केसी पनि दाईले छाडे चुनाव लड्ने मनासय ब्यक्त गरी सक्नु भएको छ । उहाँ पनि नेपालको जनआन्दोलनमा काठमाण्डौं गौंगबु क्षेत्रबाट लिड गर्ने साहसी नेता हुन त्यसै गरी केदार नरसिंह केसी पनि २ बाट दाजुले टिकट छाडि दिएमा उठ्ने मनासय गर्दै हुनु हुन्छ ।
खैर आखिर जे जस्तो भए पनि आकांक्षी बन्नु हुनु राम्रो कुरा हो तर यस पटकको चुनावमा चाँहि जन प्रिय नेता अर्जुन नरसिंह केसीलाई साझा उमेदवार बनाऔं । अर्जुन नरसिंह केसीले टिकट पाउने सम्भाबना एकदमै प्रवल छ ।