News Portal

अवसर पाए जनताको सेवक भएर काम गर्ने इच्छा छ – चन्द्रबहादुर थापा नेता नेपाली कांग्रेस धादिङ

हिमालीसंचार संवाददाता
१०९४ पटक

धादिङ– सरकारबाट निर्वाचनको मिति घोषणा भएसँग देशभर निर्वाचनको माहोल तात्न थालेको छ। देशभरिबाट विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटिरहेका छन। कतिपयले निर्वाचनमा आफ्नो उम्मेदवारी समेत प्रस्तुत गर्न थालिसकेका छन्।

यसैक्रममा दुईवटा संघीय निर्वाचन क्षेत्र भएको धादिङ जिल्लामा प्रदेशसभा क्षेत्र न. २(ख)बाट चन्द्रबहादुर थापाले उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । विगत लामो समयदेखि राजनीतिमा होमिएका थापा हाल कांग्रेस धादिङको निर्वाचित जिल्ला सदस्य हुन् भने धादिङ-काठमाडौ सम्पर्क समितिका उपाध्यक्ष समेत हुन् । त्यस्तै विभिन्न व्यावसायी संघ संस्थाहरूमा नेतृत्व तहमा रहेर काम गरिसकेका थापा ०६२/०६३ को जनआन्दोलनका घाइते पनि हुन्।

हिमाली सचार मिडिया सङ कुराकानीमा   धादिङ जिल्लाबाट प्रदेशसभा २ (ख)मा मेरो उम्मेदवारी दिने इच्छा छ तर पार्टीले गर्ने निर्णय नै मेरो निर्णय अर्थात् अवधारणा हुन्छ। यदि टिकट पाएँ भने जनताको चाहना र भावनाको उच्च सम्मान गर्दै जिम्मेवार भएर चुनावमा अगाडि बढ्छु।
अन्यथा पार्टीको निर्णय बमोजिम टिकट पाउने उम्मेदवारलाई असल राजनीतिक संस्कारभित्र रही सघाउँछु” थापाको भनाइ छ।यदि पार्टीको निर्णयबमोजिम टिकट पाए र जनताको चाहनाबमोजिम विजयी हुन सकें भने आफ्नो ५ वर्षे कार्यकाल भरी राज्य कोषबाट कुनै पनि तलबभत्ता नलिने, साधारण जीवनयापनमा जनताको शासक न भै सेवक बनेर समृद्ध धादिङ निर्माणमा काम गर्ने इच्छा छ भनी प्रतिबद्धता व्यक्त गर्दछन् थापा।

केही महिनाअगाडि मात्रै ठूलै दुर्घटनाबाट वाँचेका थापा आफूले पुनर्जन्म पाएकोजस्तै अनुभूति भैरहेको वर्तमान घडी जीवनकालको कम्तीमा ५ वर्ष राष्ट्रसेवक बनेर बिताउने लक्ष्य लिएको थापाको भनाइ छ र अन्तमा सम्बन्धित सबैसँग यश अभियानमा सहयोगको लागि विनम्र अनुरोध गर्दछु भनेरभन्छन् चन्द्रबहादुर थापा।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...