News Portal

प्रचण्ड धरानमा: हर्क साम्पाङको निम्तो स्वीकार, सर्दुमा रोपे विरुवा

धरानको कामलाई देशभरबाट गम्भीरतापूर्वक हेरी रहेका छन्: प्रचण्ड

हिमालीसंचार संवाददाता
३१९ पटक

धरान – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) ले दिएको निम्तो स्वीकार गरेका छन्। पुर्वी नेपालको सुन्दर शहर धरान पुगेका अध्यक्ष प्रचण्डले धरानको सर्दु खोलामा वरिष्ठ कलाकार जवि टुहुरेको स्मृतिमा बृक्षरोपण गरेका छन्।

नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रम तथा जेबी टुहुरे फाउण्डेशनको कार्यक्रममा सहभागी हुन धरान आइपुगेका अध्यक्ष प्रचण्ड धरानको वडा नं. १३ स्थित सर्दु खोला पुगेका थिए। धरानका मेयर राईले संचालन गरेको बृक्षरोपन तथा खानेपानीको लागि जनश्रमदान क्षेत्रमा पुरेर मेयर राईसंगै प्रचण्डले बृक्षरोपन गरे। मेयर राईले सामाजिक संजाल र पछिल्लो समय राजधानी जादा अध्यक्ष प्रचण्डलाई श्रमदानका लागि निम्तो दिएका थिए। 

धरान आईपुगेका अध्यक्ष प्रचण्डले मेयर हर्कराज राई (साम्पाङको) अभियानलाई निक्कै प्रशंसा गरे। मेयर राईको कामलाई देश विदेशबाट गम्भीरतापुर्वक हेरिरहेको बताए। नेपालको कम्युनिष्ट र माओवादीहरुले गर्नुपर्ने काम मेयर राईले धरानमा गरिरहेको भन्दै थप प्रशंसा गरेका थिए । 

अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका कार्यकर्ताहरु एव् श्रमजिविहरुलाई धरानका मेयर राईको व्यवहार र आचरणबाट प्रेरणा लिनु पर्ने बताए। धरानका मेयर राई तथा उपमेयर बेघाको खुलेर प्रशंसा गरेका उनले यो जोडी खुब मिलेका समेत बताए। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...