News Portal

प्रचण्ड धरानमा: हर्क साम्पाङको निम्तो स्वीकार, सर्दुमा रोपे विरुवा

धरानको कामलाई देशभरबाट गम्भीरतापूर्वक हेरी रहेका छन्: प्रचण्ड

हिमालीसंचार संवाददाता
२७७ पटक

धरान – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) ले दिएको निम्तो स्वीकार गरेका छन्। पुर्वी नेपालको सुन्दर शहर धरान पुगेका अध्यक्ष प्रचण्डले धरानको सर्दु खोलामा वरिष्ठ कलाकार जवि टुहुरेको स्मृतिमा बृक्षरोपण गरेका छन्।

नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रम तथा जेबी टुहुरे फाउण्डेशनको कार्यक्रममा सहभागी हुन धरान आइपुगेका अध्यक्ष प्रचण्ड धरानको वडा नं. १३ स्थित सर्दु खोला पुगेका थिए। धरानका मेयर राईले संचालन गरेको बृक्षरोपन तथा खानेपानीको लागि जनश्रमदान क्षेत्रमा पुरेर मेयर राईसंगै प्रचण्डले बृक्षरोपन गरे। मेयर राईले सामाजिक संजाल र पछिल्लो समय राजधानी जादा अध्यक्ष प्रचण्डलाई श्रमदानका लागि निम्तो दिएका थिए। 

धरान आईपुगेका अध्यक्ष प्रचण्डले मेयर हर्कराज राई (साम्पाङको) अभियानलाई निक्कै प्रशंसा गरे। मेयर राईको कामलाई देश विदेशबाट गम्भीरतापुर्वक हेरिरहेको बताए। नेपालको कम्युनिष्ट र माओवादीहरुले गर्नुपर्ने काम मेयर राईले धरानमा गरिरहेको भन्दै थप प्रशंसा गरेका थिए । 

अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका कार्यकर्ताहरु एव् श्रमजिविहरुलाई धरानका मेयर राईको व्यवहार र आचरणबाट प्रेरणा लिनु पर्ने बताए। धरानका मेयर राई तथा उपमेयर बेघाको खुलेर प्रशंसा गरेका उनले यो जोडी खुब मिलेका समेत बताए। 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...