News Portal

मोरङ ३ मा पुनः शर्मा र ढकाल भिड्दै

हिमालीसंचार संवाददाता
३२३ पटक

विवेक मिश्र, बेलबारी। निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सङ्घीय सांसद् र प्रदेश सांसद्को सम्भावित उम्मेदवारहरूको चर्चा हुन थालेको छ। निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १७ वटै पालिकामा निर्वाचनको माहोल छाएको छ। जसमध्ये मोरङ क्षेत्र नम्बर ३ लाई यस पटक रोचक ढङ्गले हेरिएको छ।

बामपन्थीहरूक बलियो आधार मानिएको ३ नम्बरमा यसपटक पनि नेपाली काङ्ग्रेससँग कडा प्रतिस्पर्धा हुने देखिन्छ। गत निर्वाचनमा झिनो मतान्तरले हारेका काङ्ग्रेसका सुनिल शर्मा यस पटक पनि पुन: मैदानमा उत्रने तयारीमा छन्।

यसपटक पनि नेकपा (एमाले) बाट भानुभक्त ढकाल र गठबन्धन तर्फबाट शर्माबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। गत निर्वाचनमा प्रदेश नम्बर १ मा एमालेको सबैभन्दा सुरक्षित क्षेत्र मानेर पार्टी अध्यक्ष केपी ओलीसंग नजिक भएकै कारण तेहथुमबाट भानुभक्त ढकाललाई मोरङ क्षेत्र नम्बर ३ मा ल्याइएको थियो।

जसमा खसेको मत ९१ हजार ६ सय ६ मतमध्ये ढकालले ४२ हजार ४ सय १३ मत ल्याएर विजयी बनेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी सुनिल शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए।

पटक-पटक मन्त्री बनेका ढकालले यो पाँच वर्षे अवधिमा आफ्नो क्षेत्रबासीलाई दिएको वाचा पूरा गर्न सकेनन्, बरु विवादै विवादमा परे। त्यही मौकाको फाइदा उठाउदै शर्माले सो क्षेत्रका जनतालाई स्वास्थ्य र शिक्षामा लगानी गरिरहेका छन्।

सोही क्षेत्रको प्रदेशसभा अन्तर्गत (क) मा नेपाली काङ्ग्रेसका सूयमराज राज राई विजयी भएका थिए। उनले २० हजार २ सय ९९ मत ल्याएका थिए।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...