News Portal

मोरङ ३ मा पुनः शर्मा र ढकाल भिड्दै

हिमालीसंचार संवाददाता
३४२ पटक

विवेक मिश्र, बेलबारी। निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सङ्घीय सांसद् र प्रदेश सांसद्को सम्भावित उम्मेदवारहरूको चर्चा हुन थालेको छ। निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १७ वटै पालिकामा निर्वाचनको माहोल छाएको छ। जसमध्ये मोरङ क्षेत्र नम्बर ३ लाई यस पटक रोचक ढङ्गले हेरिएको छ।

बामपन्थीहरूक बलियो आधार मानिएको ३ नम्बरमा यसपटक पनि नेपाली काङ्ग्रेससँग कडा प्रतिस्पर्धा हुने देखिन्छ। गत निर्वाचनमा झिनो मतान्तरले हारेका काङ्ग्रेसका सुनिल शर्मा यस पटक पनि पुन: मैदानमा उत्रने तयारीमा छन्।

यसपटक पनि नेकपा (एमाले) बाट भानुभक्त ढकाल र गठबन्धन तर्फबाट शर्माबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। गत निर्वाचनमा प्रदेश नम्बर १ मा एमालेको सबैभन्दा सुरक्षित क्षेत्र मानेर पार्टी अध्यक्ष केपी ओलीसंग नजिक भएकै कारण तेहथुमबाट भानुभक्त ढकाललाई मोरङ क्षेत्र नम्बर ३ मा ल्याइएको थियो।

जसमा खसेको मत ९१ हजार ६ सय ६ मतमध्ये ढकालले ४२ हजार ४ सय १३ मत ल्याएर विजयी बनेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी सुनिल शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए।

पटक-पटक मन्त्री बनेका ढकालले यो पाँच वर्षे अवधिमा आफ्नो क्षेत्रबासीलाई दिएको वाचा पूरा गर्न सकेनन्, बरु विवादै विवादमा परे। त्यही मौकाको फाइदा उठाउदै शर्माले सो क्षेत्रका जनतालाई स्वास्थ्य र शिक्षामा लगानी गरिरहेका छन्।

सोही क्षेत्रको प्रदेशसभा अन्तर्गत (क) मा नेपाली काङ्ग्रेसका सूयमराज राज राई विजयी भएका थिए। उनले २० हजार २ सय ९९ मत ल्याएका थिए।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...