News Portal

खोटाङको केपिलासगढी गाउँपालिकामा माओवादी केन्द्रले पालिका स्तरीय बैठक सम्पन्न ग-यो

हिमालीसंचार संवाददाता
४२० पटक

बाक्सिला – खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको गाउँपालिका स्तरीय कमिटी बैठक आज बाक्सिलामा सम्पन्न गरिएको छ ।

केपिलासगढी गाउँपालिका भित्रको संगठनको अवस्था र आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई जनस्तरसम्म पुर्याउने कार्यक्रम सम्बन्धि छलफल गरिएको पार्टीले जनाएको हो।

माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका सचिव जीवन राईको प्रमुख आथित्यमा बसेको बैठकले समसामयीक राजनीतिक अवस्थाको विश्लेशन गरेको माओवादीले जनाएको छ।

बैठकमा पार्टीको आगामी कार्यदिशा र स्थानीय तहमा जनप्रतिनिधीहरुले खेल्नुपर्ने आफ्नो महत्वपूर्ण भुमिकाको विषयमा प्रदेश सदस्य तथा समन्वय सचिव राईले निर्देशन दिए । यस्तै पार्टी प्रदेश सदस्यहरुले पार्टीको आगामी कार्य योजना र जनप्रतिनिधीहरुको भूमिकाको विषयमा गाउँपालिका भित्रको प्रत्येक वडाहरुबाट आएको रिपोर्टिङ गरेका थिए ।

केपिलासगढी गाउँपालिका भित्र पार्टीको वडा स्तरीय भेला तथा बैठकहरु संचालन गर्न वडा नम्बर १ फेदीमा भदौ १७ गते, वडा नम्बर २ खार्ताम्छामा भदौ १८ गते, वडा नम्बर ३ बास्पानीमा भदौ ९ गते, वडा नम्बर ४ बाक्सिलामा भदौ १३ गते वडा नम्बर ५ सप्तेश्वर भदौ ११ गते र वडा नम्बर ७ सुङ्देलमा भदौ २६ गते राख्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...