News Portal

खोटाङको केपिलासगढी गाउँपालिकामा माओवादी केन्द्रले पालिका स्तरीय बैठक सम्पन्न ग-यो

हिमालीसंचार संवाददाता
३८५ पटक

बाक्सिला – खोटाङ जिल्लाको उत्तरीभेगमा रहेको केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको गाउँपालिका स्तरीय कमिटी बैठक आज बाक्सिलामा सम्पन्न गरिएको छ ।

केपिलासगढी गाउँपालिका भित्रको संगठनको अवस्था र आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई जनस्तरसम्म पुर्याउने कार्यक्रम सम्बन्धि छलफल गरिएको पार्टीले जनाएको हो।

माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका सचिव जीवन राईको प्रमुख आथित्यमा बसेको बैठकले समसामयीक राजनीतिक अवस्थाको विश्लेशन गरेको माओवादीले जनाएको छ।

बैठकमा पार्टीको आगामी कार्यदिशा र स्थानीय तहमा जनप्रतिनिधीहरुले खेल्नुपर्ने आफ्नो महत्वपूर्ण भुमिकाको विषयमा प्रदेश सदस्य तथा समन्वय सचिव राईले निर्देशन दिए । यस्तै पार्टी प्रदेश सदस्यहरुले पार्टीको आगामी कार्य योजना र जनप्रतिनिधीहरुको भूमिकाको विषयमा गाउँपालिका भित्रको प्रत्येक वडाहरुबाट आएको रिपोर्टिङ गरेका थिए ।

केपिलासगढी गाउँपालिका भित्र पार्टीको वडा स्तरीय भेला तथा बैठकहरु संचालन गर्न वडा नम्बर १ फेदीमा भदौ १७ गते, वडा नम्बर २ खार्ताम्छामा भदौ १८ गते, वडा नम्बर ३ बास्पानीमा भदौ ९ गते, वडा नम्बर ४ बाक्सिलामा भदौ १३ गते वडा नम्बर ५ सप्तेश्वर भदौ ११ गते र वडा नम्बर ७ सुङ्देलमा भदौ २६ गते राख्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...