News Portal

मेयर राईको स्टाटसमा मेयर शाहको जवाफ “मैले तपाईंकै लौरो चिह्न लिएर चुनाव जितेको हो”

हिमालीसंचार संवाददाता
६२९ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मेयर हर्कराज राई (साम्पाङ) काठमाडौ गएका थिए। मेयर राईले सामाजिक सञ्जाल फेसबुक पेजमा निकै सक्रिय रहेका छन्। मेयर राईले काठमाडौंको फोहोरको विषयमा गरेको टिप्पणीपछि काठमाडौ महानगरका मेयर बालेन शाहले धरानका मेयर राईको स्टाटसमै “मैले तपाईको लौरो चिन्ह लिएर चुनाव जितेको” जबाफ दिएका छन्।

काठमाडौं महानगरका फोहोर लामो समयदेखि विभिन्न विवाद र व्यवस्थापनमा समस्याका कारण काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको थिएन्। आइतबारबाट फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ। यसबीच बुधबार धरानका मेयर राईले सामाजिक सञ्जाल फेसबुक पेजमा आफू काठमाडौं नगएको भए फोहोर नउठ्ने रहेछ भन्दै सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका थिए । ब्यंग्यात्मक शैलीमा धरानका मेयर राई लेख्छन्, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्से कम काम त सुरु गरे !’

धरानका मेयर राईले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेसँगै काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पनि धरानका मेयर राईको स्टाटसमा नै कमेन्ट गर्दै ब्यंग्यात्मक शैलीमा नै जवाफ दिएका छन्। मेयर शाहले कमेन्ट बक्समा चुनाव पनि राईले नै छानेको ‘लौरो’ चिह्न लिएर जितेको भन्दै प्रतिक्रिया दिएका छन् । काठमाडौका मेयर बालेन लेख्छन्, ‘हो नि, तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।’

धरानका मेयर राई र काठमाडौका मेयर शाह स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह प्राप्त गरेका थिए। यी दुबै स्वतन्त्र उम्मेदवारले स्थानीय निर्वाचनमा पपुलर मत प्राप्त गरी मेयर पदमा निर्वाचित भएका हुन् । यी दुई मेयरको ‘दोहोरी’मा प्रशंसक भने रमाइरहेका छन्। मेयर शाहको व्याग्यात्मक कमेनमा धेरैले लाइक समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...