News Portal

मेयर राईको स्टाटसमा मेयर शाहको जवाफ “मैले तपाईंकै लौरो चिह्न लिएर चुनाव जितेको हो”

हिमालीसंचार संवाददाता
५७६ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मेयर हर्कराज राई (साम्पाङ) काठमाडौ गएका थिए। मेयर राईले सामाजिक सञ्जाल फेसबुक पेजमा निकै सक्रिय रहेका छन्। मेयर राईले काठमाडौंको फोहोरको विषयमा गरेको टिप्पणीपछि काठमाडौ महानगरका मेयर बालेन शाहले धरानका मेयर राईको स्टाटसमै “मैले तपाईको लौरो चिन्ह लिएर चुनाव जितेको” जबाफ दिएका छन्।

काठमाडौं महानगरका फोहोर लामो समयदेखि विभिन्न विवाद र व्यवस्थापनमा समस्याका कारण काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको थिएन्। आइतबारबाट फोहोर व्यवस्थापनको काम पुनः सुरु भएको छ। यसबीच बुधबार धरानका मेयर राईले सामाजिक सञ्जाल फेसबुक पेजमा आफू काठमाडौं नगएको भए फोहोर नउठ्ने रहेछ भन्दै सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका थिए । ब्यंग्यात्मक शैलीमा धरानका मेयर राई लेख्छन्, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्से कम काम त सुरु गरे !’

धरानका मेयर राईले सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेसँगै काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पनि धरानका मेयर राईको स्टाटसमा नै कमेन्ट गर्दै ब्यंग्यात्मक शैलीमा नै जवाफ दिएका छन्। मेयर शाहले कमेन्ट बक्समा चुनाव पनि राईले नै छानेको ‘लौरो’ चिह्न लिएर जितेको भन्दै प्रतिक्रिया दिएका छन् । काठमाडौका मेयर बालेन लेख्छन्, ‘हो नि, तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।’

धरानका मेयर राई र काठमाडौका मेयर शाह स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह प्राप्त गरेका थिए। यी दुबै स्वतन्त्र उम्मेदवारले स्थानीय निर्वाचनमा पपुलर मत प्राप्त गरी मेयर पदमा निर्वाचित भएका हुन् । यी दुई मेयरको ‘दोहोरी’मा प्रशंसक भने रमाइरहेका छन्। मेयर शाहको व्याग्यात्मक कमेनमा धेरैले लाइक समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...