News Portal

खोटाङ जिल्लाबाट अध्यक्ष थापा सहित ३९ जना नेताले जसपा परित्याग गरे

हिमालीसंचार संवाददाता
३३१ पटक

खोटाङ – खोटाङ जिल्लाबाट जनता समाजवादी पार्टीका ३९ जना नेताले पार्टी परित्याग गरेका छन् । केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक र वैचारिक पथमा विचलन आएको, सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको निस्कर्ष निकाल्दै जिल्ला अध्यक्ष टंक थापा सहित ३९ जना नेताले जसपा परित्याग गरेका हुन् ।

जिल्ला अध्यक्ष टंक थापाले सोमबार खोटाङ दिक्तेलमा पत्रकार सम्मेलन गर्दै ११ पदाधिकारीमध्ये ७ जना, ५३ सचिवालय सदस्यमध्ये २३ जना, ७ केन्द्रीय सदस्यमध्ये २ जना र ६ जना प्रदेश सदस्यमध्ये ३ जनाले जसपा पार्टी परित्याग गरेको जानकारी दिए ।

जिल्ला अध्यक्ष टंक थापा, उपाध्यक्ष मणि राई, नविनकिशोर राई, बसन्ती राई, सचिव जिवराज पोख्रेल, सह–सचिव आशिस राई र कोषाध्याक्ष सावित्री राईले जसपा छाडेका पत्रकार सम्मेलन मार्फत जानकारी दिए। 

यस्तै, केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई, प्रदेश समिति सदस्य मोहन गुरुङ, किरात राष्ट्रिय समिति सदस्य देवकुमार राई र गिता श्रेष्ठले पनी जसपा पार्टी परित्याग गरेका छन् । जसपाले जिल्ला कमिटिको बैठक बोलाएकै दिन उनीहरुले जसपा पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

जिल्ला अध्यक्ष थापाका अनुसार जिल्ला सल्लाहाकार सदस्य पंचशेर राई, सचिवालय सदस्य दिपककुमार तामाङ, प्रवचन राई, मनोज राई, ऐसेलुखर्क पालिका अध्यक्ष किशोर राई, ऐसेलुखर्क उपाध्याक्ष कृष्ण राई लगायतले जसपा छाडेका हुन् ।

उनीहरुले समावेशी सु-शासन तथा समृद्धि र समाजवादको अभियानकालागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यामबाट जनता र परिवर्तनको पक्षमा निरन्तर उभिने प्रतिवद्धता सहित जसपा पार्टी परित्याग गरेको बताएका छन् । उनाहरुले छलफल गर्ने र अनूकुलको पार्टीमा प्रवेश गर्ने तयारी गरिएको समेत थापाले बताए । तर, कुन पार्टी भन्ने स्पष्ट खुलाएनन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...