News Portal

नेपाली काग्रेसले स्थानीय जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण प्रशिक्षण दिने

हिमालीसंचार संवाददाता
३३० पटक

काठमाडौं – नेपाली काग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण दिने भएको छ ।

काग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षहरूलाई ललितपुरमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले बिहान  ११ बजे काठमाडौं स्थित हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्ययोजना रहेको छ । कार्यक्रमको उद्घाटनपछि  वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने काग्रेसले जनाएको छ। 

यस्तै, दोस्रो दिन ३१ गते उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

महामन्त्री गगन थापाले काग्रेसको घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने अर्को महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे प्रशिक्षण गर्ने कार्ययोजना रहेको छ । यस्तै, प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको काग्रेसले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...