News Portal

नेपाली काग्रेसले स्थानीय जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण प्रशिक्षण दिने

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौं – नेपाली काग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण दिने भएको छ ।

काग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षहरूलाई ललितपुरमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले बिहान  ११ बजे काठमाडौं स्थित हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्ययोजना रहेको छ । कार्यक्रमको उद्घाटनपछि  वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने काग्रेसले जनाएको छ। 

यस्तै, दोस्रो दिन ३१ गते उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

महामन्त्री गगन थापाले काग्रेसको घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने अर्को महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे प्रशिक्षण गर्ने कार्ययोजना रहेको छ । यस्तै, प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको काग्रेसले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...