News Portal

  • देशले सम्झि रहने काम गर्न मन छ: प्रचण्ड

    हिमालीसंचार संवाददाता
    २८१ पटक

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरे।

    प्रचण्डले आगामी निर्वाचनमा पार्टी दोस्रो दल बन्ने दाबी समेत गरे। उनले संघीय र प्रदेश सभाको निर्वाचनमा कांग्रेससँग गठबन्धन हुने त्यसबाट माओवादी केन्द्र देशको दोस्रो पार्टी बन्ने दाबी गरेका हुन् । ‘मैले नेपाली कांग्रेसका नेताहरूसँग भनेको छु आगामी निर्वाचनबाट सायद पहिलो पार्टी अहिले तपाईं नै हुनुहुन्छ । दोस्रो माओवादी केन्द्र हुने हो । त्यसमा सहयोग भयो भने सब चिज सहज जान्छ, होइन भने सहज जाँदैन,’ कांग्रेसका नेताहरूले दिएको प्रतिबद्धताबारे दाहालले भने, ‘त्यसमा नेतृत्व तहमा राम्रो समझदारी छ । तपाईंहरू ढुक्क हुनुस् गडबड हुँदैन, स्थानीय तह चुनावजस्तो हुँदैन।’

    माओवादी केन्द्र वामपन्थी दलमध्ये पहिलो हुने लक्ष्य रहेको प्रचण्डको तर्क थियो। स्थानीय तह निर्वाचनमा पार्टीको आन्तरिक विवादका कारण जितेका ५० स्थानीय तह गुमाउनुपरेको उनको भनाइ थियो । ‘संघीय र प्रदेशको आउने निर्वाचनमा तालमेलले गर्दा पनि हामी पहिलो हुने हो। वामपन्थी आन्दोलनको पहिलो पार्टी हुने सम्भावना छ।’ माओवादी भनेको माओवादी केन्द्र मात्रै हो अरु माओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो । किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन । बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाब नै भएन ।’

    स्थानीय तह निर्वाचनमा गठबन्धनको बलमा १ सय ७५ तह जित्ने आँकलन गरेकोमा पार्टीभित्रको एकता सुदृढ नहुँदा तेस्रो हुनुपरेको दाहालको भनाइ थियो । अबको संघीय र प्रदेश निर्वाचनमा भने दोस्रो दल बन्नैपर्ने भन्दै उनले कार्यकर्ताहरूलाई अहिलेदेखि नै अभियान थाल्न निर्देशन दिए । ‘हामी त्यसरी जाँदा देशको बागडोर हाम्रै हातमा आउँछ । हामीले एकचोटी देशलाई कसरी विकास, सुशानस र समृद्ध गर्ने देखाउनुपर्छ।’

    प्रचण्डले आफ्नो राजनीति ‘अन्तिम इनिङ्स’ हुनसक्ने बताउँदै पछिसम्म सम्झिनलायक काम गर्ने योजना रहेको पनि बताए । पुन: एक पटक सत्ताको बागडोर हाम्रो हातमा आउने भन्दै उनले भने ,’हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ्स् होस् । यो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।

    ‘आजभोलि एउटा बहस केही मानिसहरूले ल्याउन खोजेका छन् । यो परिवर्तनवाहकहरूलाई उत्तेजित पार्ने कसरत भएका छन् । कतिपय मानिसले सजुनसुकै पार्टीका भए पनि नेताहरूलाई हराउनुपर्छ भन्ने गरेको पाइन्छ,’ उनले भने, ‘मानव समाज व्यवस्थित रूपले अगाडि बढ्छ । त्यो समाजमा युवाहरूको तागत, गतिशीलताबिना अगाडि बढ्दैन । 

    त्यसमा अनुभवी प्रौढ पनि हुन्छन् । उनीहरूको भूमिका बिना पनि अगाडि बढ्न सक्दैन । वृद्धहरूलाई हामी सबैले सम्मान गर्छौं । उहाँहरूका उपदेश, जीवन, भोगाइ, पीडा सुन्छौं र त्यसबाट शिक्षा लिएर समाजलाई अझ राम्रो बनाउने कोसिस गर्छौं । तर यहाँ एकथरि मान्छेहरू आजभोलि बूढाहरू, प्रौढहरू चाहिँदैन, हामी केटाकेटी मात्रै भए पुग्छ भन्याजस्तो गरी आउन थालेका छन् । त्यो समाज भत्काउने विचार हो ।’

    पूर्वप्रधानमन्त्रीहरूलाई पराजित गर्नुपर्छ। राजनीतिक दलका नेताहरूलाई पराजित गर्नुपर्छ भनेर चालिएका अभियान लक्षित दाहालको भनाइ थियो। ‘समाज अघि बढाउन युवा, प्रौढ र वृद्धवृद्धा सबै चाहिन्छ । युवा नभई पनि समाज अघि बढ्दैन । परिवर्तन नचाहनेहरू कहिले युवा, कहिले वृद्ध, कहिले नेताहरूलाई निषेध गरेर आइरहेका छन् ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...