News Portal

राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मा नैं पुन: अर्थमन्त्री हुने निश्चित

हिमालीसंचार संवाददाता
४२८ पटक

काठमाडौं – निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको लागेका आरोप पुष्टि हुने आधार भेटिएन । उनले बजेट निर्माणका समयमा असम्बन्धित व्यक्तिको संलग्नता रहेको आरोप सहित करको दर हेरफेर गरेको आरोप लागेपछि चौतर्फी राजीनामको आवाज उठेपछि राजीनामा दिएका थिए।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले फुटेज हेर्दा कोहीपनि व्यक्ति छिरेको पुष्टि हुन सकेन । विश्वस्त स्रोतका अनुसार अर्थ मन्त्रालयमा कोहि व्यक्ति पसेको नभेटिएपछि सिंहदरबारस्थित मूल गेटको फुटेज मागियो । तर, उक्त फुटेज १६ दिनमात्र रहने भनी गृह मन्त्रालयले पत्र पठायो ।

संसदको विशेष समितिले शर्मामाथिको आरोप पुष्टि गर्ने आधार नभेटेपछि कस्तो प्रतिवेदन बनाउला ? सर्वत्र चासो बनेको छ । आरोप पुष्टि नहुने भएकाले शर्मा फेरि अर्थमन्त्रीका रुपमा फर्कने बुझिएको छ । माओवादीका नेता बर्षमान पुनले आरोप पुष्टि भएन भने शर्मा नै अर्थमन्त्रीका रुपमा आउनु हुने बताएका थिए। 

शर्माले छानविनलाई सहज बनाउन प्रतिनिधि सभामा पुगेर राजीनामाको घोषणा गरेका थिए । उनको राजीनामा पछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैले सम्हालेर  कसैलाई नियुक्त गरेनन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका अन्य आकांक्षीलाई अगाडि नसारेका कारण पनी शर्मा नै पुनः अर्थमन्त्री हुने निश्चितप्राय भएको छ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...