News Portal

आउनुस् वामपन्थी एकता गरौं: गल्ती भइहाल्यो, मिलेर सरकार बनाउ – अध्यक्ष ओली

हिमालीसंचार संवाददाता
४१६ पटक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै वामपन्थी शक्तिहरु वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन्।

काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर वाम एकतामा आउन, अब वामपन्थीहरु मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका हुन्। 

अध्यक्ष ओलीले चौँरीको पुच्छरजस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ? भन्दै प्रश्न गरे। आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलका लागि आग्रह गरेपछि ओलीले जवाफमा भने, ‘यदि सच्चा वामपन्थी हुनुहुन्छ भने कांग्रेसका पछाडि नलाग्नुस्, गठबन्धनका पछाडि नलाग्नुस्। एसपीपी नगर्नुस्। वामपन्थी एकतामा आउन आह्वान गर्छु।’ उनको भनाई थियो। 

नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत जानेहरु वामपन्थी हुन भन्दै प्रश्न दोहोर्‍याएका ओलीले सधै कांग्रेसको पुच्छर भएर हुँदैन। खोइ कम्युनिस्ट पार्टी ? कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत गएको होइन ? संसदबाट सकिएन परमादेशबाट सरकार बनाइ पाउ भनेर जानेहरु वामपन्थी हुन् ? कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्। गल्ती भइहाल्यो ल छोडौं। वामपन्थी हुनुहुन्छ भने आउनुस्। एमालेसँग मिलेर जाउ,’ उनले अपिल थियौ। 

अध्यक्ष ओलीले आफूहरु कांग्रेसविरोधी नभएको र देश, लोकतन्त्र, कानूनी राज्यको पक्षमा उभिने वाम सरकार बनाउन चाहेको बताए। ‘निष्पक्ष चुनाव गर्ने सरकार बनाउ। वामपन्थी कोही हुनुहुन्छ भने आउनुस्। रातो सेतो बर्को ओढ्ने बेग्लै कुरा हो। बर्को छोडौं। असली रुपमा आउ। वामपन्थी हुनुहुन्छ भने आउनुस्। राष्ट्रिय राजनीतिमा सहमतिका साथ जाउ,’ उनको आग्रह थियो। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...