News Portal

प्रदेश नं. १ को नाम “किरात प्रदेश” नामकरण हुनु पर्छ : अध्यक्ष भूपि कोयी (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७६६ पटक

धरान – प्रदेश नं. १ किरात प्रदेश नामकरण हुनु पर्छ भन्ने माग सहित धरानको भानुचोकमा किरात खम्बुवान साझा पार्टीका अध्यक्ष भूपि कोयी राईले धरानको भानु चोकमा आयोजित एक कोण सभामा बताए।

धरानको भानुचोकमा आयोजित एक कोणसभामा किरात खम्बुवान साझा पार्टीका अध्यक्ष राईले आफ्नो पार्टीको अन्तिम लक्ष नेपालको मान चित्रमा अबस्थित पवित्र किरात सभ्यतासंग जोडिएका भूमिको संरक्षण सम्बर्द्धन गर्दै प्रदेश नं. १ किरात प्रदेश नामकरण गर्नु माग रहेको बताए। 

हाम्रो समाजमा किरात विषयमा विभिन्न दुसप्रचार प्रचार गरिएका कारण गलत समाचार प्रवाह हुदा गलत बुझाई रहेको हुदा किरात विषयमा स्पष्ट आफ्नो विचार राखेका थिए। अध्यक्ष राईले किरात भनेको जाति र धर्म होइन। किरात भनेको यो देशको प्राचिन इतिहास र सभ्यता भएको बताउदै प्रदेश नं. १ गौरव र समग्र नेपालको ऐतिहासिक गौरवको विषय रहेको हुनाले संधिय सरकार र विभिन्न राजनीतिक दलका नेताहरुलाई आफ्नो प्रतिबद्धता नविर्सन आग्रह गर्दै यस विरुद्धमा नजान चेतावनी समेत दिए। 

राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले आह्वान गरेको निर्धारित कार्यक्रममा एक्याबद्धता जनाई प्रदेश नं. १ को नामकरण किरात प्रदेशका लागि पहिचानबादी शक्तिहरु एकजुट हुन समेत आग्रर गरे। अध्यक्ष राईले विशेषत प्रदेश नं. १ का राजनीतिक दलका नेताहरुलाई यस विषयमा गम्भिर हुन आग्रह गर्दै जनभावना विरुद्ध निर्णय नगर्न सचेत गराए। 

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...