News Portal

प्रदेश नं. १ को नाम “किरात प्रदेश” नामकरण हुनु पर्छ : अध्यक्ष भूपि कोयी (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८२० पटक

धरान – प्रदेश नं. १ किरात प्रदेश नामकरण हुनु पर्छ भन्ने माग सहित धरानको भानुचोकमा किरात खम्बुवान साझा पार्टीका अध्यक्ष भूपि कोयी राईले धरानको भानु चोकमा आयोजित एक कोण सभामा बताए।

धरानको भानुचोकमा आयोजित एक कोणसभामा किरात खम्बुवान साझा पार्टीका अध्यक्ष राईले आफ्नो पार्टीको अन्तिम लक्ष नेपालको मान चित्रमा अबस्थित पवित्र किरात सभ्यतासंग जोडिएका भूमिको संरक्षण सम्बर्द्धन गर्दै प्रदेश नं. १ किरात प्रदेश नामकरण गर्नु माग रहेको बताए। 

हाम्रो समाजमा किरात विषयमा विभिन्न दुसप्रचार प्रचार गरिएका कारण गलत समाचार प्रवाह हुदा गलत बुझाई रहेको हुदा किरात विषयमा स्पष्ट आफ्नो विचार राखेका थिए। अध्यक्ष राईले किरात भनेको जाति र धर्म होइन। किरात भनेको यो देशको प्राचिन इतिहास र सभ्यता भएको बताउदै प्रदेश नं. १ गौरव र समग्र नेपालको ऐतिहासिक गौरवको विषय रहेको हुनाले संधिय सरकार र विभिन्न राजनीतिक दलका नेताहरुलाई आफ्नो प्रतिबद्धता नविर्सन आग्रह गर्दै यस विरुद्धमा नजान चेतावनी समेत दिए। 

राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले आह्वान गरेको निर्धारित कार्यक्रममा एक्याबद्धता जनाई प्रदेश नं. १ को नामकरण किरात प्रदेशका लागि पहिचानबादी शक्तिहरु एकजुट हुन समेत आग्रर गरे। अध्यक्ष राईले विशेषत प्रदेश नं. १ का राजनीतिक दलका नेताहरुलाई यस विषयमा गम्भिर हुन आग्रह गर्दै जनभावना विरुद्ध निर्णय नगर्न सचेत गराए। 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...