News Portal

नेपाली कांग्रेसको बैंठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठ्यो

हिमालीसंचार संवाददाता
२७६ पटक

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले बैठकलाई सम्बोधन गर्दै यस्तो माग राखेका हुन् । ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन् ।

धर्मान्तरणका कुराहरु पनि त्यतिकै आएका छन् । यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाइ नेपाली कांग्रेसले धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्तावको रूपमा राख्न चाहन्छ’, उनले भने, ‘यसले कांग्रेसलाई सम्पूर्ण रूपमा हित गर्ने छ । यस एजेन्डालाई नेपाली कांग्रेसले नै नेतृत्व लियोस् भन्ने मेरो आग्रह छ।’

उनले अहिलेकै अवस्थामा प्रदेश सरकार चलिरहे देशमा यो भन्दा ठूलो बेथिति र जनतामा वितृष्णा पैदा हुने बैठकमा बताए । यसबाट चरम आर्थिक संकट निम्तिने खतरा बढ्ने देखिने भन्दै उनले प्रदेश सरकार बलियो नबनाउने हो भने हटाउँदा ठीक हुने धारणा राखे । 

यसअघि मंगलबारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पनि धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी रहेको बताएका थिए । ‘धर्म नमान्ने कम्युनिस्ट हुने, धर्म मान्ने राप्रपा हुने अवस्थामा काँग्रेसको भोट बैंक के हो ? हिन्दु धर्मको विषय लिएर निर्वाचनमा जाने कि नजाने ? छलफल गरौं । धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी छ ।’ उनको भनाइ थियो ।  उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पनि प्रस्ताव समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...