News Portal

नेपाली कांग्रेसको बैंठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठ्यो

हिमालीसंचार संवाददाता
३२१ पटक

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले बैठकलाई सम्बोधन गर्दै यस्तो माग राखेका हुन् । ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन् ।

धर्मान्तरणका कुराहरु पनि त्यतिकै आएका छन् । यी सबै कुराहरुलाई रोक्न वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाइ नेपाली कांग्रेसले धर्मनिरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा प्रस्तावको रूपमा राख्न चाहन्छ’, उनले भने, ‘यसले कांग्रेसलाई सम्पूर्ण रूपमा हित गर्ने छ । यस एजेन्डालाई नेपाली कांग्रेसले नै नेतृत्व लियोस् भन्ने मेरो आग्रह छ।’

उनले अहिलेकै अवस्थामा प्रदेश सरकार चलिरहे देशमा यो भन्दा ठूलो बेथिति र जनतामा वितृष्णा पैदा हुने बैठकमा बताए । यसबाट चरम आर्थिक संकट निम्तिने खतरा बढ्ने देखिने भन्दै उनले प्रदेश सरकार बलियो नबनाउने हो भने हटाउँदा ठीक हुने धारणा राखे । 

यसअघि मंगलबारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पनि धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी रहेको बताएका थिए । ‘धर्म नमान्ने कम्युनिस्ट हुने, धर्म मान्ने राप्रपा हुने अवस्थामा काँग्रेसको भोट बैंक के हो ? हिन्दु धर्मको विषय लिएर निर्वाचनमा जाने कि नजाने ? छलफल गरौं । धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरूरी छ ।’ उनको भनाइ थियो ।  उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न पनि प्रस्ताव समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...