News Portal

कांग्रेस उपसभापति गुरुङ भन्छन्- नेताको नाममा पैसा नदिऊँ, श्रीलंका घटनाले चेत खुलोस्

हिमालीसंचार संवाददाता
३४३ पटक

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कुनै पनि नेताहरुको नाममा खोलिएका फाउन्डेस र कोषका लागि राज्यको पैसा हाल्न नहुने बताएका छन्।

उनको गृह प्रदेशसमेत रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बाबुको नाममा ट्रस्ट खोलेर करोडभन्दा रकम छुट्याएको भन्दै आलोचना भइरहेका बेला गुरुङले यसो भनेका हुन्।

उपसभापति गुरुङले सुशील कोइराला सभापति भएकै बेलाको केन्द्रीय समिति बैठकमा आफूले यो कुरा उठाएको पनि बताएका छन्।

‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितति बैठकमा भनेको थिएँ, ‘नेताहरुको नाममा खोलेको ट्रष्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो, रोक्नु पर्छ’, उनले भनेका छन्।

दक्षिण एसियाको छिमेकी श्रीलंका टाट पल्टिरहँदा पनि नेपाली नेताहरुको चेत नखुलेको उनले बताएका छन्।

‘तर यो प्रवृत्ति झनै बढेको छ’, उनले भनेका छन्, ‘श्रीलंकाको घटनाबाट अचेत नेताहरुको चेत खुलोस्।’

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...