News Portal

  • कांग्रेस उपसभापति गुरुङ भन्छन्- नेताको नाममा पैसा नदिऊँ, श्रीलंका घटनाले चेत खुलोस्

    हिमालीसंचार संवाददाता
    २७० पटक

    काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कुनै पनि नेताहरुको नाममा खोलिएका फाउन्डेस र कोषका लागि राज्यको पैसा हाल्न नहुने बताएका छन्।

    उनको गृह प्रदेशसमेत रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बाबुको नाममा ट्रस्ट खोलेर करोडभन्दा रकम छुट्याएको भन्दै आलोचना भइरहेका बेला गुरुङले यसो भनेका हुन्।

    उपसभापति गुरुङले सुशील कोइराला सभापति भएकै बेलाको केन्द्रीय समिति बैठकमा आफूले यो कुरा उठाएको पनि बताएका छन्।

    ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितति बैठकमा भनेको थिएँ, ‘नेताहरुको नाममा खोलेको ट्रष्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो, रोक्नु पर्छ’, उनले भनेका छन्।

    दक्षिण एसियाको छिमेकी श्रीलंका टाट पल्टिरहँदा पनि नेपाली नेताहरुको चेत नखुलेको उनले बताएका छन्।

    ‘तर यो प्रवृत्ति झनै बढेको छ’, उनले भनेका छन्, ‘श्रीलंकाको घटनाबाट अचेत नेताहरुको चेत खुलोस्।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...