News Portal

देउवा सरकार ढाल्न भित्रभित्रै चल्यो यस्तो खेल, बहुमतका लागि ७ सांसदको खोजी

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र-भित्र चल्न थालेको छ।

विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ। देउवालाई अहिले बहुमत सांसदको समर्थन छ। जसपा र नेकपा एसमध्ये एक दलले समर्थन फिर्ता लिएमात्र पनि सरकार अल्पमतमा पर्छ।

यी दुवै दल फुटेर बन्ने समूह देउवाविरुद्ध उभिएपनि अल्पमतमा पर्छ। जसपा र नेकपा एस दुवै फुटको खतरामा छन्।

एमालेको ९१ सांसद छन्। विश्वस्त स्रोतका अनुसार देउवाविरुद्ध बहुमत सांसद जुटाउने प्रयासमा एउटा समूह नै लागेको छ। ७ देखि १० सांसद नपुगेर कुरा मिल्न सकेको छैन।

देउवा अल्पमतमा परेमा उनी विश्वासको मत लिन अगाडि बढ्न सक्छन्। मत नपाए सदन विघटन गरी चुनावको घोषणामा पुग्न सक्छन्।

तर, राष्ट्रपति समक्ष बहुमत सांसद बनाएर देउवाको विकल्प खोज्ने रणनीतिमा एउटा पक्ष छ। त्यसपछि यो विषय फेरि अदालत जान सक्छ।

अहिलेको घटनाक्रमले देउवालाई जसरी हुन्छ संसद विघटनका लागि वाध्यकारी बनाउन सक्छ। २०५८ मा पनि देउवाले प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेका थिए।

तर, चुनाव गर्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएर सत्ता हातमा लिएका थिए। देउवालाई फेरि पुरानै अवस्थामा पुर्याउने चलखेलहरु भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...