News Portal

भ्रष्टाचारीलाई अनुसन्धानको दायरामा ल्याउने, चल अचल सम्पत्ति जफत: सभापति लामिछाने

धर्म परिवर्तन गराउनेहरूलाई हदैसम्मको कारबाही गर्ने

हिमालीसंचार संवाददाता
३४३ पटक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टचारीलाई नछोड्ने बताएका छन् । चितवनमा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारमा जोडिएका नेता, कर्मचारी, व्यापारी सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए। 

‘भ्रष्टाचारीका सम्पूर्ण चल, अचल सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनेछ । मुद्दा छिटो छरितो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ । वर्षौँदेखि थन्किएर बसेका मुद्दाको छिटो फैसलाको गर्ने वातावरण बनाइनेछ, लैङ्गिक अल्पसङ्ख्यक, बालिका, महिला बलात्कारका मुद्दा छिटो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ ।’ उनको भनाई थियो। 

यस्तै धर्म परिवर्तन गराउनेहरूलाई हदैसम्मको कारबाही गर्ने बताए । सनातन वैदिक संस्कृतिलाई प्रवर्द्धन गर्ने, विदेशमा फसेका नेपालीको उद्धार गर्नका लागि र्‍यापिड एक्सन टिम बनाउने, मजदुर किसानका गुनासा सुन्न हेल्प डेस्क बनाउने र उनीहरूको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने बताए । 

स्वास्थ्य उपचार गर्दा सुरुमै पैसा नमाग्ने, उपचार पछि पैसा माग्ने नीति बनाउने बताए । सक्नेले पैसा तिर्ने र नसक्नेको उपचारको पैसा सरकारले तिरिदिने बताए । उनले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने बताए । यस्तै साना स्वरोजगार व्यवसायीलाई विस्थापन नगरी व्यवस्थापन गर्ने बताए । विपत्मा परेका नागरिकलाई सहुलियतमा ऋण दिने व्यवस्था गर्ने उनको प्रतिबद्धता थियो।  

सभापति लामिछानेले शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने बताउँदै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने बताए । पाठ्यपुस्तक र विद्यालयको कक्षा कोठा अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उल्लेख गरे । प्राविधिक, नैतिक, ज्ञानमूलक, रोजगारमुखी र देशै भरी एउटै मापदण्डका शिक्षा प्रणालीको व्यवस्था गर्ने बताए । योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने उनले बताए । 

उनले भने–‘यो देशमा सबैभन्दा धेरै तलब कसैको हुनेछ भने शिक्षकको हुनेछ । राष्ट्रको सबैभन्दा लगानी केहीमा गरिने छ भने त्यो शिक्षामा लगानी गरिनेछ ।’ यस्तै अपराध अनुसन्धान छिटो गर्नका लागि प्रत्येक प्रहरी चौकीमा भिडियो रेकर्ड गरेर उजुरी लिने व्यवस्था गर्ने बताए । प्रहरी अधिकारीले कुनै राजनीतिक नेता वा व्यापारीलाई भेटेमा स्पष्टीकरण सोधिने बताए । 

अपराध अनुसन्धान गरेको आधारमा प्रहरीको मूल्याङ्कन र प्रोत्साहन गरिने, मोबाइलबाटै ठाउँको ठाउँ घटनाको उजुरी दर्ता गर्ने व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ । सरकारी कार्यालयमा लामो लाइन बस्नु नपर्ने व्यवस्था गर्ने, बिचौलियाबाट सरकारी कार्यालयलाई मुक्त बनाउने, काममा ढिलासुस्ती गरेको उजुरी आएमा ठाउँको ठाउँ कर्मचारीलाई कारबाही गर्ने बताए । 

सरकारी कार्यालय एकद्वार प्रणाली, अनलाइन प्रणाली, क्यासलेस प्रणाली तथा होम डेलिभरी प्रणालीमा लैजाने प्रतिबद्धता जनाए । यस्तै घरमा छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने र १८ वर्षको उमेरसम्म निश्चित रकम राखिदिने उनको भनाई छ । पार्टी दर्तापछि लामिछानेले चितवनमा पार्टीको पहिलो भेला गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...