News Portal

तराईलाई मरुभूमि हुनबाट बचाउन चुरे क्षेत्रको संरक्षण : पूर्वराष्ट्रपति यादव

हिमालीसंचार संवाददाता
२९९ पटक

काठमाडौं। पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले तराईलाई मरुभूमि हुनबाट बचाउन चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने बताएका छन्।

जनकपुरमा शनिबार भएको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्र जैविक विविधतायुक्त क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई जोगाउनुपर्ने बताएका हुन्।

पछिल्लो समयमा चुरेको दोहन भइरहेकाले मधेशमा पानीको मुहान सुक्न थालेको, कृषियोग्य जमिन विस्तारै मरुभूमिमा परिणत हुँदै गइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे।

मधेश प्रदेशमा धेरै सम्भावना रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले तिनलाई अधिकतम सदुपयोग गरी उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने सुझाव समेत दिएका छन्।

कार्यक्रममा पूर्वराष्ट्रपति यादबले सबै नेपालीको साझा दस्तावेजका रूपमा रहेको संविधान जोगाउनुपर्ने बताएका छन्।

कार्यक्रममा यादवले संविधान मधेश–पहाड–हिमालका साथै पूर्व–पश्चिम र उत्तर–दक्षिणलाई जोड्ने दस्तावेजका रूपमा रहेको बताएका हुन्।

पटक–पटक लोकतन्त्र र संविधानप्रति आक्रमण भएको वताउँदै पूर्वराष्ट्रपति यादवले संविधानमाथि आक्रमण गर्दै प्रतिनिधिसभा विघटन भएको प्रति टिप्पणी समेत गरे।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...