News Portal

नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का सयोजक वामदेव गौतम फेरी खुमलटार पुगे

हिमालीसंचार संवाददाता
२६३ पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का सयोजक वामदेव गौतम फेरी खुमलटार पुगेका छन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताका लागि प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

नेपालका सबै वामपन्थी दललाई एकताबद्ध बनाउने अभियानमा रहेका गौतमले माओवादी अध्यक्ष दाहालसँग हिजो अपरान्ह भेटवार्ता गरेका थिए। भेटवार्तामा करिव आधा घण्टा कुराकानी भएको श्रोतको भनाई छ।

यसअघि पनि गौतमले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए । अघिल्लो साता उनी सोही अभियान बोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुगेका थिए । गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि कुराकानी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...