News Portal

नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का सयोजक वामदेव गौतम फेरी खुमलटार पुगे

हिमालीसंचार संवाददाता
३१३ पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का सयोजक वामदेव गौतम फेरी खुमलटार पुगेका छन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताका लागि प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

नेपालका सबै वामपन्थी दललाई एकताबद्ध बनाउने अभियानमा रहेका गौतमले माओवादी अध्यक्ष दाहालसँग हिजो अपरान्ह भेटवार्ता गरेका थिए। भेटवार्तामा करिव आधा घण्टा कुराकानी भएको श्रोतको भनाई छ।

यसअघि पनि गौतमले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका थिए । अघिल्लो साता उनी सोही अभियान बोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुगेका थिए । गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि कुराकानी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...