News Portal

प्रदेशको नामाकरणको विषयमा जुटेन सहमति, अर्को बैठकमा छलफल गर्ने गरी बैठक टुंग्याए

हिमालीसंचार संवाददाता
३२० पटक

विराटनगर – प्रदेश नं. १ को  नामकरणका लागि दलहरुले सहमति जुटाउन भन्दै शुक्रबार प्रदेशसभामा बैठक विना निष्कर्ष अर्को बैठकमा छलफल गर्ने गरी बैठक टुङ्याएका छन्। मुख्यमन्त्रीको कार्यालय विराटनगरस्थित प्रदेशको नामाकरण विषयमा टुङ्गो लगाउनका लागि एमाले, काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, राप्रपा र संघीय लिम्बुवान राष्ट्रिय मञ्चको  सर्वदलीय संयुक्त बैठक बसेको थियो ।

एमाले संसदीय दलका नेता भीम आचार्यका अनुसार प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामाकरण विषयमा टुङ्गो लगाउने सहमति भएको छ । यद्यपि प्रदेश नामाकरणका विषयमा दलहरुबीच विवाद कायम रहेको उनले बताए । संविधानमा पहिचान र सामर्थ्यका आधारमा प्रदेशको नामाकरण विषय टुङ्गो लगाउने उल्लेख अनुरुप पहिचानको ५ आधार मध्ये भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र जातीय पहिचान हुनसक्ने बताए । त्यसमध्ये एमालेले जातीय पहिचान नामाकरणको विरुद्ध रहेको उनको भनाइ छ ।

‘हामीले जातीय पहिचानमा होइन, साझा पहिचान झल्कने गरी जानुपर्छ भन्ने कुरा राख्यौं,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आचार्यले भने, ‘साझा पहिचान एमालेको मूल एजेण्डा हो । सबैको साझा के हुन्छ, त्यो तपाईहरुले विश्लेषण गर्ने कुरा हो ।’ उनले साझा पहिचान भनेको कोशी पनि हुनसक्ने संकेत गरे । ‘साझा पहिचान भनेको कोशी हुन्छ कि अरु कुनै निस्कन्छ, त्यतातिर जान सकिन्छ,’ उनले भने ।

प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपा संसदीय दलका नेता जयराम यादवले सबै विकल्पमा छलफलमा जान दलहरु सहमत भएको बताए । ‘आजको बैठक प्रारम्भिक हो,’ यादवले भने, ‘ठोस ढङ्गले कुनै पनि राजनीतिक दलले यही नाम भनेर एउटा नाम ल्याएका छैनन्, अहिले त्यसरी ल्याउँदा सहमति पनि हुँदैन, त्यसकारण सबैको साझा हुने गरी टुङ्ग्याउने सहमति भएको छ ।’ 

नेकपा एमालेले प्रदेशको नामाकरण गर्दा ‘कोशी’ राख्न जोड गरिरहेको छ । अनौपचारिक छलफलमा पनि एमालेले कोशीको विकल्प सोच्न नसकिने बताउँदै आएको छ । आजको बैठकमा सत्ता पक्षका माओवादी र नेकपा एकीकृत समाजवादीले भने पहिचानको विषय जोडेर कोशी–किरातमा जानुपर्ने धारणा राखेका थिए ।

मुख्यमन्त्री राजेन्द्रकुमार राई, काँग्रेस संसदीय दलका नेता राजीव कोइराला र प्रमुख सचेतक सूयर्माराज राई, नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, माओवादी नेता ईन्द्रबहादुर आङ्बो, जसपा संसदीय दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुमाया तुम्बाहाम्फे बैठकमा सहभागी थिए । 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...