News Portal

  • प्रदेशको नामाकरणको विषयमा जुटेन सहमति, अर्को बैठकमा छलफल गर्ने गरी बैठक टुंग्याए

    हिमालीसंचार संवाददाता
    २४६ पटक

    विराटनगर – प्रदेश नं. १ को  नामकरणका लागि दलहरुले सहमति जुटाउन भन्दै शुक्रबार प्रदेशसभामा बैठक विना निष्कर्ष अर्को बैठकमा छलफल गर्ने गरी बैठक टुङ्याएका छन्। मुख्यमन्त्रीको कार्यालय विराटनगरस्थित प्रदेशको नामाकरण विषयमा टुङ्गो लगाउनका लागि एमाले, काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, राप्रपा र संघीय लिम्बुवान राष्ट्रिय मञ्चको  सर्वदलीय संयुक्त बैठक बसेको थियो ।

    एमाले संसदीय दलका नेता भीम आचार्यका अनुसार प्रदेशसभाको यही अधिवेशनबाट प्रदेशको नामाकरण विषयमा टुङ्गो लगाउने सहमति भएको छ । यद्यपि प्रदेश नामाकरणका विषयमा दलहरुबीच विवाद कायम रहेको उनले बताए । संविधानमा पहिचान र सामर्थ्यका आधारमा प्रदेशको नामाकरण विषय टुङ्गो लगाउने उल्लेख अनुरुप पहिचानको ५ आधार मध्ये भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र जातीय पहिचान हुनसक्ने बताए । त्यसमध्ये एमालेले जातीय पहिचान नामाकरणको विरुद्ध रहेको उनको भनाइ छ ।

    ‘हामीले जातीय पहिचानमा होइन, साझा पहिचान झल्कने गरी जानुपर्छ भन्ने कुरा राख्यौं,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आचार्यले भने, ‘साझा पहिचान एमालेको मूल एजेण्डा हो । सबैको साझा के हुन्छ, त्यो तपाईहरुले विश्लेषण गर्ने कुरा हो ।’ उनले साझा पहिचान भनेको कोशी पनि हुनसक्ने संकेत गरे । ‘साझा पहिचान भनेको कोशी हुन्छ कि अरु कुनै निस्कन्छ, त्यतातिर जान सकिन्छ,’ उनले भने ।

    प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपा संसदीय दलका नेता जयराम यादवले सबै विकल्पमा छलफलमा जान दलहरु सहमत भएको बताए । ‘आजको बैठक प्रारम्भिक हो,’ यादवले भने, ‘ठोस ढङ्गले कुनै पनि राजनीतिक दलले यही नाम भनेर एउटा नाम ल्याएका छैनन्, अहिले त्यसरी ल्याउँदा सहमति पनि हुँदैन, त्यसकारण सबैको साझा हुने गरी टुङ्ग्याउने सहमति भएको छ ।’ 

    नेकपा एमालेले प्रदेशको नामाकरण गर्दा ‘कोशी’ राख्न जोड गरिरहेको छ । अनौपचारिक छलफलमा पनि एमालेले कोशीको विकल्प सोच्न नसकिने बताउँदै आएको छ । आजको बैठकमा सत्ता पक्षका माओवादी र नेकपा एकीकृत समाजवादीले भने पहिचानको विषय जोडेर कोशी–किरातमा जानुपर्ने धारणा राखेका थिए ।

    मुख्यमन्त्री राजेन्द्रकुमार राई, काँग्रेस संसदीय दलका नेता राजीव कोइराला र प्रमुख सचेतक सूयर्माराज राई, नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री भीम आचार्य र हिक्मत कार्की, माओवादी नेता ईन्द्रबहादुर आङ्बो, जसपा संसदीय दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुमाया तुम्बाहाम्फे बैठकमा सहभागी थिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...