News Portal

नागरिकता विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गर्‍यो: विशाल भट्टराई

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णयको विरोध गर्दै नागरिक विधेयक फिर्ता लिएर सरकारले नागरिकको हक खोस्ने काम गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदमा छलफल भइसकेको र टुंगिसकेको विधेयक फिर्ता लिएर नागरिकता पाउने नागरिकको सामान्य अधिकार पनि खोस्ने काम भएको टिप्पणी गरेका हुन् ।

२०७५ सालमा प्रतिनिधिसभामा पेश भएको नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ । उक्त विधेयक फिर्ता लिएर असार २१ गतेको क्याबिनेट बैठकले अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो । वैवाहिक अङ्गीकृतलाई तत्कालै नागरिकता दिने कि निश्चित समयावधि तोक्ने भन्ने विवादका कारण नागरिकता विधेयक लामो समयसम्म संसदमा त्यसै अल्झिएको थियो । 

नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरु तत्कालै नागरिकता दिने गरी ऐन ल्याउनुपर्ने पक्षमा छन् भने माओवादी केन्द्र र एमाले त्यसविपरित निश्चित समयसीमा तोक्नुपर्ने अडानमा छन्। साथै, दलहरुले आ-आफ्नो स्वार्थको रोटी सक्ने माध्यम बनाउन चाहेकाले पनि यो विषय बढी विवादित बनेको हो । यसअघि तत्कालीन नेकपामा विवाद बढेसँगै सरकार टिकाउन तत्कालीन प्रधानमन्त्री केपी ओलीले नागरिकतासम्बन्धी अध्यादेश ल्याएर महन्थ ठाकुरहरुलाई सरकारमा सहभागी गराएका थिए । 

नागरिकताको विषयमा निकै अनुदार रहेका ओलीले विगतमा आफैँले धारे हात लगाएर भाषण गरेका र कदापि स्वीकार्न नसकिने भनिएका प्रावधान समेटेर अध्यादेश जारी गरेका थिए । दुई वर्षअघि प्रतिनिधिसभामा पेश भएको विधेयकको प्रतिवेदन पारित गर्न त्यतिबेला ओली सरकारसँग दुई तिहाइ सांसदको समर्थन थियो । तर, नागरिकतासम्बन्धी विधेयकको प्रतिवेदन अगाडि बढाउन अरूची देखाएको ओली सरकारले राजनीतिक स्वार्थका लागि अध्यादेशबाट ऐन संशोधन गर्ने प्रयास गरेको हो ।

तर, संसद अधिवेशन अन्त्य गरेर ल्याइएको उक्त अध्यादेश एक महिना पनि टिक्न सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासले कुनै पनि अध्यादेश संघीय संसदबाट पारित गर्न अनिवार्य हुने संवैधानिक व्यवस्था रहेकाले अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि कार्यान्वयनमा आएन ।

अहिले सरकारले नयाँ विधेयक दर्ता गर्ने तयारीका साथ अस्ति चार वर्षदेखि संसदमा विचाराधीन विधेयक फिर्ता लिने निर्णय गरेको थियो । एमाले प्रमुख सचेतक भट्टराईले त्यसैको विरोध गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...