काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा कम उमेरमा आरोहण गरेका विश्व किर्तिमानी शम्भु तामाङको उपचारका क्रममा आज नेपाल क्यानसर अस्पताल हरिशिद्धि ललितपुरमा निधन भएको छ।
विश्वको सर्वोच्च शिखर समगरमाथा सबैभन्दा सानो उमेरमा आरोरण गरेका तामाङ क्यानसर पिडित थिए। क्यानसर पिडित तामाङको आज ७० बर्षको उमेरमा नेपाल क्यानसर अस्पताल हरिशिद्धि ललितपुरमा निधन भएको परिवार श्रोतले बताएका हुन्।
उनले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सगरमाथा आरोहण गरेका थिए । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’मा आफ्नो नाम राख्न सफल भएका थिए । मूल घर सिन्धुपाल्चोक रिस्याङ्खु भएका तामाङ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका थिए ।