News Portal

सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्ने कुरा सुन्दैछु- भीम रावल

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं। नेकपा (एमाले)का सांसद डा.भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद रावलले यस्तो बताएका हुन्।

उनले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यक्ता रहेको बताए। सांसद रवलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्नको लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको बताए।

उनले सत्ता पक्षकै सांसदले पत्र नपठाएको कुरा संसदमा राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसको जवाफ दिन आवश्यक रहेको बताए। उनले यत्तिको समय बितिसक्दा पनि पत्र नपठाउनु गम्भीर भएको बताए।

उनले भने, ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपी यो हिन्द प्रशान्त रणनीतिको अंग भएको हुनाले यसको सदस्य नेपाल हुन सक्दैन। यो कार्यक्रमलाई अघि बढाउन सकिँदैन भनेर स्वयं मन्त्रीहरु, पार्टीका नेताहरुले भनिरहेका छन्। तर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको यतिको दिन भइसक्यो, प्रधानमन्त्रीको तर्फबाट सदनमा गृहमन्त्रीले अघि नबढाउने भनेको यति दिन भइसक्यो, तर प्रधानमन्त्री शेरबहादुर देउवाजीले यत्तिका दिनसम्म के कारणले नेपाल अमेरिकी राज्य साझेदारी कार्यक्रमको सदस्य बन्दैन भन्ने पत्र किन नपठाउनु भएको ? यो विषय अत्यन्त गम्भीर छ।’

उनले फेरि भने, ‘बाहिर यस्तो भन्ने तर भित्रभित्रै कुनै एउटा बाटो खोजेर नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्नको लागि त्यो साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने भन्ने चलखेल भइरहेको छ भन्ने सुन्नमा आएको छ। यसबारेमा अनुसन्धान गर्न सञ्चारकर्मी साथीहरुलाई अनुरोध गर्न चाहन्छु र नेपालको परराष्ट्र नीति नेपालको संविधान बमोजिम नेपाल कुनैपनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन मिल्दैन। यदी कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गर्छ भने नेपाली जनता राज्यबिरुद्ध हुन्छ।’

सांसद रावलले नेपालको परराष्ट्र नीति नेपालको संविधान बमोजिम नेपाल कुनैपनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथिको घात हुने बताए।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...