News Portal

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन

हिमालीसंचार संवाददाता
२२१ पटक

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।

आर्थिक बर्ष २०७९/०८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्।

अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको भन्ने जवाफ दिएकोले यसमा अर्थमन्त्री शर्माको बदनीयत देखिएको उनीहरूको भनाइ छ।

अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने माग युवा संघको छ। यसअघि नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको थियो। आज सिंहदरबारनजिकै प्रदर्शन गर्दै युवा संघले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...