News Portal

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन

हिमालीसंचार संवाददाता
२७१ पटक

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।

आर्थिक बर्ष २०७९/०८० को बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्।

अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको भन्ने जवाफ दिएकोले यसमा अर्थमन्त्री शर्माको बदनीयत देखिएको उनीहरूको भनाइ छ।

अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने माग युवा संघको छ। यसअघि नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको थियो। आज सिंहदरबारनजिकै प्रदर्शन गर्दै युवा संघले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...