News Portal

तीन मन्त्रीलाई फिर्ता बोलाएर जसपाले गर्‍यो नयाँ मन्त्री सिफारिस

हिमालीसंचार संवाददाता
४०९ पटक

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ। जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ।

नयाँ मन्त्रीको रूपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन्। राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रूपमा सिफारिस गरिएको जसपा स्रोतले बताएको छ।

मन्त्रीहरु हेरफेर गर्नुअघि अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरुले नेताहरूसँग छलफल गरेका थिए।

पार्टी केन्द्रीय सदस्य र सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेपछि दुई नेता बसेर मन्त्रीहरूको सूची बनाएको र साँझ अबेर अध्यक्ष यादवले बालुवाटार पुगेर बुझाएको एक नेताले बताएका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...