News Portal

  • स्वतन्त्र उम्मेदवारले स्नातक पास, सम्पत्ति विवरण र पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने मापदण्ड

    हिमालीसंचार संवाददाता
    ३६० पटक

    काठमाडौं – ‘स्वतन्त्र उम्मेदवारी अभियान’को विशेष भेलाले स्वतन्त्र सांसद बन्नका लागि कम्तिमा स्नातक तह उत्तीर्ण हुनुपर्ने मापदण्ड अघि सारेको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आजबाट सुरु भएको भेलाले आगामी संसदीय निर्वाचनका लागि मापदण्ड र रणनीति तय गर्नेगरी छलफल थालेको हो ।

    स्वतन्त्र उम्मेदवारी अभियानको भेलाले संसदीय तथा प्रदेश चुनावमा उम्मेदवार हुनका लागि कम्तिमा पनी स्नातक तह पास भएको हुनु पर्ने र ६८ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तय गरेका छन्। 

    ‘हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा तय हुनेछ,’ मापदण्ड तय गर्दै दस्तावेजमा भनिएको छ, ‘राज्यले नै ६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेको हुनेछ ।’

    त्यस्तै, प्रत्यक्षतर्फ निर्वाचन लड्ने स्वतन्त्र उम्मेदवारले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण, चरित्र स्वच्छ प्रहरी रिपोर्ट समेत सार्वजनिक गरिएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।

    त्यस्तै, उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुन नहुने पनि मापदण्डमा उल्लेख छ । ‘जस्तैः निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ,’ मापदण्डमा भनिएको छ, ‘विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन।’ भनिएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...