News Portal

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, उनी विरुद्धको उजुरी आयोगले सुनुवाई गरेन

हिमालीसंचार संवाददाता
४०५ पटक

काठमाडौं – निर्वाचन आयोगमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । शुक्रबार लामिछानेलाई आयोगले दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नामकाविरुद्धमा परेका २ उजुरी आयोगले खारेज गर्दै लामिछानेले मागेकै नाममा आयोगले पार्टी दर्ता गरिदिएको हो । ऐनमा कतैपनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । असार ८ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका थिए । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको थियो, ‘स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ । यसले जनतामा भ्रम र अन्यौल उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकोले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिनु हुन अनुरोध गर्दछौँ ।’

सोही स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले स्वतन्त्र प्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनसाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न माग गरेका थिए । रवि लामिछानेले असार ७ मा नयाँ पार्टी घोषणा गरेर दल दर्ताका लागि सोही दिन आयोगमा निवेदन दिएका थिए ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...