News Portal

  • जनता समाजवादी पार्टीका यादव र भट्टराई सहमतिमै अलग्गिँदै छन्

    हिमालीसंचार संवाददाता
    २२५ पटक

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजनको संघारमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच अब एउटै पार्टीमा रहन सक्ने अवस्था नभए अलग–अलग अघि बढ्न सक्ने सहमति बनेको हो । गत बुधबार यादव र भट्टराईबीच लामो छलफलपछि दुई नेताबीच एउटै पार्टीमा रहने अवस्था नभए अलग–अलग बाटोभएर अघि बढ्न सक्ने सहमति बनेको छ ।

    पार्टी एकता गरेको तीन वर्षपछि यादव र भट्टराई पुनः अलग–अलग बाटोबाट अघि बढ्ने अवस्थामा पुगेका हुन् । छलफलमा दुई नेताबीच एउटै पार्टीमा रहने अवस्था नभए अलग भएर अघि बढ्न सक्ने सहमति बनेको केन्द्रीय कार्यकारिणी समितिका सदस्य युवराज कार्कीले हिमालीसंचारडटकमसंग बताए ।

    नेताहरुले ‘एउटै पार्टीमा बसेर कति हिलो छ्यापा–छ्याप गर्ने ? यसरी बस्नुभन्दा अलग भएर बसौँ भन्ने सहमति हो,’ उनले भने, ‘दुवै नेताले अलग हुनु उपयुक्त हुन्छ भन्ने निर्णयमा पुगेपछि सहमतिमै अलग–अलग भएर अघि बढ्ने भन्ने सहमति भएको हो ।’

    यादव पक्षका नेता कार्कीले पार्टीमा अहिलेको विभाजनलाई ‘जेन्टलम्यान’ विभाजनको रुपमा बुझ्न सकिने बताए । ‘पार्टीमा एकले अर्कालाई नरुचाउने अवस्था भयो। पार्टी एकता भएको तीन वर्षसम्म पनि कार्यकर्ताको बीचमा अन्तरघुलन भएन, कतिपय ठाउँमा पार्टी समायोजन पनि भइसकेको छैन,’ कार्कीले भने, ‘त्यति हुँदा–हुँदै पनि पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने प्रयास भएकै हो । हिजोका दिनमा के कति कमी कमजोरी भए सच्याएर अघि बढौँ भन्ने प्रयास थियो । तर, एकै ठाउँमा बस्न सकिदैन भन्ने निष्कर्षमै पुगिसकेपछि हामीले पनि जानेहरूलाई खुसीका साथ विदाई गर्ने निर्णयमा पुगेका हौँ ।  तिक्ततापूर्ण होइन, जेन्टलम्यान विभाजन हो ।’

    यता, भट्टराई पक्षले वर्तमान कानुनबमोजिम विभाजनका लागि ४० प्रतिशत पुर्‍याउन नसक्ने भएकाले जानेहरूलाई खुसीसाथ विदाई गर्ने बताए । ‘हिजो सहमतिमै पार्टी एकता भएको हो। अहिले पनि सहमतिमै छुटौँ भन्ने अध्यक्षज्यूको कुरा हो,’ उनले भने, ‘विदा भएर जानेलाई हामीले कारबाही नगर्ने भनेका छौँ ।’

    अध्यक्ष यादवले बहुमतको बलमा पार्टीभित्र एकलौटी गर्न थालेको भन्दै यसअघि भट्टराई पक्षले यादवविरुद्व हस्ताक्षर अभियान चलाएको थियो । तर, ४० प्रतिशत पुर्‍याउन नसकेको यादव पक्षको भनाइ छ ।

    स्रोतका अनुसार भट्टराईले पार्टी फुटाउन ४० प्रतिशत नपुगेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर २० प्रतिशत संख्या पुर्‍याए पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याइदिन समेत माग गरेका थिए । तर, देउवाले अस्वीकार गरेका थिए । ‘पार्टी मिल्यो, मन मिलेनँ । 

    त्यसैले उहाँहरूले पार्टीको हितविपरीत काम गर्न थाल्नुभयो। पार्टी फुटाउन बहुमत बटुल्ने प्रयास पनि गर्नुभयो। यादव पक्षीय अर्का एक नेताले भने, ‘पार्टीमै बसेर अहित हुने काम गर्नुभन्दा अलग हुनु राम्रो हो । पार्टी फुटाउन त उहाँहरूसँग आवश्यक संख्या पुग्दैन । त्यसैले जानेका लागि हामीले बाटो खुला गरिदिएका हौँ ।’

    यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो । भट्टराई र यादव मिलेपछि बनेको संघीय समाजवादी पार्टीमा ०७७ को बैशाखमा महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी समेत मिसिएपछि जनता समाजवादी पार्टी बनेको थियो । ठाकुर भने यसअघि नै जसपाबाट अलग भइसकेका छन् ।

    भट्टराई पक्षका अनुसार यादवले एकलौटी गर्न थालेपछि विधानबमोजिम अर्को अध्यक्ष चयन गर्न माग गरेका थिए । तर, यादवले त्यो स्वीकारे गरेका थिएनन् । पार्टीभित्रको विभाजन रोक्न अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राई सम्मिलित हेड क्वार्टर गठन गरेर त्यसमार्फत् सहमति खोज्ने र निर्णय गर्ने अभ्यास गर्न खोजिएको थियो । तर, यादवले हेर्ड क्वार्टरमा समेत छलफल नगरी एकलौटी गर्न खोजेको भट्टराई पक्षले आरोप लगाउँदै आएको छ । यादव पक्षले सोमबार साँझ बैठक बसेर पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गरेपछि विवाद थप चर्किएको थियो ।

    केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ पार्टीमा बस्न नसक्नेहरूलाई छोडेर जाने बाटो खुला भएको बताउँछन् । ‘कानुनबमोजिम पार्टी फुटाउन ४० प्रतिशत संख्या चाहिने हो । अहिले त्यो अवस्था छैन । तर, नेताहरूबीच सहमतिमै अलग अलग बाटोबाट अघि बढ्ने सहमति भएको कुरा छ, त्यो सबैको लागि कल्याण हुने कुरा हो,’ उनले भने ।

    नेताहरूका अनुसार अब जसपाबाट भट्टराई अलग भए पार्टीको नाम र चुनाव चिन्ह भने यादवसँगै रहनेछ । भट्टराईले नयाँ पार्टी खोल्नुपर्नेछ । हाल जसपामा ३३ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ भने राष्ट्रियसभाबाहेक २१ जना सांसद् छन् । केन्द्रीय समिति ५०३ सदस्यीय छ । कार्यकारिणी समितिमा भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीका आठ जना नेता छन् ।

    भट्टराईले आफू जसपाबाट अलग हुँदा राजकिशोर यादव, महेन्द्र राय यादवसहित सांसदहरुको समेत साथ पाउने अपेक्षा राखेका छन् । तर, राजकिशोर भने आफुलाई त्यसबारे कुनै जानकारी नभएको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...