News Portal

विराटनगरका पूर्वमेयर पराजुलीलाई कारबाहीको सिफारिस

हिमालीसंचार संवाददाता
३२६ पटक

विराटनगर। स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ४ ले विराटनगरका निवर्तमान मेयर भीम पराजुलीलाई कारबाहीको सिफारिस गरेको छ।

निवर्तमान मेयर तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य पराजुलीले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेको आरोपसहित कारबाहीका लागि जिल्ला समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति विनोद बस्नेतले बताए।

नेपाल कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का सभापति विनोद बस्नेतका अनुसार वडा समिति र उम्मेदवारले पनि पराजुलीले अन्तर्घात गरेको प्रतिवेदन क्षेत्रमा बुझाएका थिए।

उनले विराटनगर वडा नम्बर ३ बाट कारबाहीका लागि पूर्व मेयर पराजुलीसहित ७ जनाको नाम जिल्लामा पठाइएको बताए। वडाले जेठ २४ गते नै प्रतिवेदन दिए पनि क्षेत्रले असार ९ गते कारबाहीका लागि सिफारिस गरेको उनको भनाइ छ।

‘वडा समितिले पठाएको कारबाहीको सिफारिसलाई हामीले जिल्लामा पठाएका छौं,’ उनले भने,‘ उम्मेदवारले पनि उहाँ(पराजुली)ले अन्तर्घात गरेको रिपोर्ट दिनुभएको छ।’

वडा नम्बर ३ बाट पूर्व मेयर पराजुलीसँगै उनका दाजु चुणामणि पराजुली, पुष्प निरौला, धर्म बानिया, कृष्ण भण्डारीलगायतलाई कारबाहीका लागि सिफारिस गरेको छ।

विराटनगरको मेयरमा कांग्रेसबाट पराजुली पनि आकांक्षी थिए। तर पार्टीले अन्तिम समयमा नागेश कोइरालालाई टिकट दिएको थियो। कोइराला ३० हजार १७० मतसहित मेयर निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत ल्याएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...