News Portal

खोटाङमा नेकपा एमालेले पराजित स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने

हिमालीसंचार संवाददाता
३४८ पटक

खोटाङ – खोटाङ जिल्लामा नेकपा एमाले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटिको शनिबार बसेको पाँचौं सचिवालय बैठकले गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय तहहरुमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको हो ।

एमालेले स्थानीय तहको निर्वाचनपछि बसेको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटि अध्यक्ष रामप्रसाद दंगालले पराजित भएको पालिकामा आगामी असोज महिनाभित्र प्रतिपक्ष सरकार बनाउने तयारी गरेको जानकारी दिए। 

खोटाङका १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा मात्र एमालेले प्रमुख जितेको छ । त्यसैले, बाँकी आठ स्थानीय तहमा एमालेले प्रतिपक्ष सरकार बनाउने भएको हो ।

स्थानीय पालिकाको मनपरीतन्त्र विरुद्ध शसक्त प्रतिवाद गर्न, समग्र जनताको भावनाको प्रतिनिधित्व गर्नदेखि सत्तापक्षले गरेका अनियमितता, एकलौटीपनलाई रोक्न दवाव तथा खबरदारी गर्न प्रतिपक्ष सरकार बनाउने निर्णय गरिएको पत्रकार सम्मेलनमा  अध्यक्ष दंगालले जानकारी दिए ।

अध्यक्ष दंगालका अनुसार, ‘राम्रो कामको साथ दिन र नराम्रो कामको पर्दाफाँस गर्नका लागि पराजित भएको पालिकामा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेका हौँ।’ ‘प्रतिपक्षको काम बिरोध गर्नु मात्र होईन, रचनात्मक सहयोग गर्नु पनि हो । हामी स्थानीय सरकारलाई रचनात्मक सहयोग गर्न तयार छौँ । सरकार गलत बाटोमा गए सच्याउने काम गर्नेछौँ ।’

विस ०७४ सालको स्थानीय तहको निर्वाचनमा पराजित भएको पालिकामा कांग्रेसले पनि छायाँ सरकार बनाएको थियो तर छायाँ सरकार प्रभावहिन बनेको थियो । एमालेले बनाउने प्रतिपक्ष सरकारको प्रभाव भने हेर्न केही समय कुर्नैपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...