News Portal

मुम्बई हमलाका हर्ताकर्तालाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

हिमालीसंचार संवाददाता
५०८ पटक

एजेन्सी। सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ।

लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका मिरलाई ४ लाख रुपैयाँभन्दा बढी जरिवाना पनि तोकेको छ।

‘यस महिनाको सुरुमा लाहोरको एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित लश्कर–ए–तैयबा (एलईटी)का एक कार्यकर्ता साजिद माजिद मिरलाई आतंकवादीलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको थियो’, सो मुद्दासँग जोडिएका एक वकिलको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था पीटीआईले जनाएको छ।

लाहोरमा जन्मेका मिरले मुम्बई आक्रमणको योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्नमा प्रमुख भूमिका खेलेका थिए।

मुम्बई नरसंहारमा २६ विदेशीसहित १६६ जनाको मृत्यु भएको थियो। आक्रमणमा तीन सयभन्दा बढी घाइते भएका थिए। उक्त हमलामा ९ आक्रमणकारी मारिएका थिए।

सो हमलापछि भारत–पाकिस्तान तनाव बढेको थियो। आक्रमणमा उनको संलग्नतालई लिएर मिरलाई भारतले मोस्ट वान्टेडको सूचीमा राखेको थियो।

दुई देशका क्रिकेट टोलीबीचको खेल हेर्न क्रिकेट फ्यानको रूपमा उनी सन् २००५ मा भारत गएका थिए। त्यतिबेला उनी करिब १५ दिन भारतमा बसेका थिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...