News Portal

झलनाथ खनालले उपचार खर्च ५८ नभई ८९ लाख लिएको खुलसा

हिमालीसंचार संवाददाता
४३७ पटक

काठमाडौँ। पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र २०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको खुलेकाे हो।

खनालको उपचार खर्चबारे सागर जोशीले माग गरेको सूचनाको जवाफमा मन्त्रालयले भनेको छ, “पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको क्रममा लागेको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय भए बमोजिम उहाँको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र आर्थिक वर्ष २०७८/०७९ मा ५८ लाख ५२ हजार गरी जम्मा ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा प्राप्त भइ नेपाली राजदुतावास नयाँ दिल्ली पठाईएको।”

खनालको सम्पूर्ण उपचार खर्च ८१ लाख ३५ हजार ९५३ रुपैयाँ ६० पैसा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। बाँकी रहेको आठ लाख १६ हजार ४७ रुपैयाँ कता गायब भयो, खुलेको छैन।

जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३० मा ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइनेछैन’ भनिएको छ। यसरी उपचार खर्च लिनु सरासर गैरकानूनी हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...