News Portal

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्न थाल्यो : स्वास्थ्य मन्त्रालय

हिमालीसंचार संवाददाता
२९६ पटक

काठमाडौं – नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर मत्थर भएपछि पछिल्ला तीन चार दिनयता कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, बुधबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ गते १९ जना संक्रमित भएका थिए । ६ गते २८ संक्रमित हुँदा ५ गते २३ जना संक्रमित भएको मन्त्रालय जनाएको छ ।  यस्तै, छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन संक्रमितको सङ्ख्या बढ्दा नेपालमा संक्रमणको जोखिम उच्च रहेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

नेपालमा यसअघि पहिलो, दोस्रो र तेस्रो लहर फैलँदा छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण उच्च विन्दु पुगेको हुन्थ्यो । भारतमा उच्च बिन्दुमा पुगेको करिब तीन सातामा यहाँ संक्रमण दर तिव्र गतिमा फैलन सुरु भएको थियो ।

यसबेला छिमेकी राष्ट्र भारतमा एक्टिभ केस मात्रै ८२ हजारभन्दा बढी छ । गएको २४ घण्टामा १३ हजार १५९ नयाँ संक्रमित थपिएका छन् । अर्थात् अघिल्लो दिनमा भन्दा ९४६ जना बढि संक्रमित भइ १३ हजार नाघेको छ ।

भारतमा १९ जून अर्थात असार ५ गते १२ हजार ७१७ जनामा संक्रमण पुष्टि भएको थियो । जून २१ अर्थात् असार ७ गते संक्रमितको संख्या बढेर १२ हजार २४९ जनामा पुगेको थियो भने असार ८ गते संक्रमितको संख्या ९४६ जना बढ्दा १३ हजार १९५ पुगेको छ । 

स्वास्थ्य मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अस्तीभन्दा हिजोभन्दा आज संक्रमितको सङ्ख्या बढेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । परीक्षण गरेकामध्ये संक्रमण पुष्टि हुनेको अनुपात पनि बढेको देखिएकाले पूर्ण रुपमा सतर्कता अपनाउन उनले आग्रह गरे । 

नेपालको सरकारी आकँडाअनुसार बिहीबारको परीक्षण संक्रमण दर १.९६ प्रतिशत रहेको छ । बुधबार संक्रमण दर १.२७ प्रतिशत रहेको थियो । अघिल्लो सातासम्म संक्रमण दर ०.५ प्रतिशत रहेको थियो । छिमेकी राष्ट्र भारतमा संक्रमण बढिराखेकाले नेपालमा सतर्कता नअपनाएको खण्डमा संक्रमण बढ्ने उच्च जोखिम रहेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘पछिल्लो समय जनस्वास्थ्यको मापदण्ड उल्लघंन बढेको जस्तो देखिएकाले पछिल्ला दिनमा संक्रमितको सङ्ख्या बढ्दै गएको देखिएको हो ।’ संक्रमणको जोखिम बढेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनको आग्रह छ । 

खोप लगाउन बाँकी

सरकारी आंकडा अनुसार नेपालका कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । जसमा  ६९.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । खोपको लक्षित जनसङ्ख्या दुई करोड ३३ लाख २७ हजार ६१९ रहेको छ । जसमा दुई करोड २६ लाख ४९ हजार २७७ जना अर्थात् ९७.१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, दुई करोड एक लाख ९६ हजार ४९६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै, बुस्टर डोज ६१ लाख ९४ हजार १०९ जनाले लगाइसकेका छन् । 

कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई खोप लगाउन अधिकारीले अनुरोध गरे । उनका अनुसार कोरोनाविरुद्धको खोप उपलब्ध भएपनि कुल जनसङ्ख्यामध्ये करिब २३ प्रतिशतले पूर्ण मात्रा खोप लगाउन बाँकी छ । 

पहिलो मात्रा लगाएर बसेकाहरु दोस्रो मात्रा लगाउन, दोस्रो मात्रा लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन उनले आग्रह गरे ।  

बिहीबारबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइन सुरु गरिएको छ । २७ जिल्लाका विद्यालयहरुमा बालबालिकालाई खोप लगाउन सुरु गरिएकाले ती उमेर समूहका बालबालिकालाई खोप अभियानमा सहभागी हुन उनले आग्रह गरे ।  बालबालिका सुरु भएको खोप अभियानमा उत्साहजनक रुपमा सहभागिता रहेको डा. अधिकारीले बताए । 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...