News Portal

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू, बिएण्डसी बिर्तामोडले असार २० गतेदेखि सेवा बन्द गर्ने

रुजु भएका अस्पतालको रकम हामीले रोकेका छैनौ - बीमा बोर्ड

हिमालीसंचार संवाददाता
३७८ पटक

अविन माबो/झापा – स्वास्थ्य बिमा बोर्डका लपार्वाहीका कारण ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराउदा अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम तत्काल उपलब्ध नगरे सेवा बन्द गर्ने बताएका छन् । 

बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम सञ्चालन गर्न नसक्ने बताए । उनले सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका बिरामीलाई उपचार गरेबापत बिएण्डसीलाई ४५ करोडभन्दा बढी रकम दिन बाँकी रहेको बताए ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको बिएण्डसी कलेजले दैनिक ५ सय बिरामीको उपचार गर्दै आएको छ । उनले बीमाबापतको रकम भुक्तानी नगरे यही असार २० गतेदेखि सेवा बन्द गर्ने बताए । 

यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिसकेको छ । शिक्षण अस्पतालले ०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।  नोबेल मेडिकल कलेजले गत मङ्सिरदेखि बीमितको उपचारमा गरेको रकम पाउन सकेको छैन । बोर्डले नोबेललाई ५४ करोड ३८ लाख बीमितको उपचार गरेबापतको रकम दिन बाँकी रहेको जनाएको छ। 

यता, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार ऐन, नियम र कार्यविधिअनुसार अस्पताललाई बीमाबापतको रकम उपलब्ध गराउँदै आएको बताए । “अस्पतालले माग्दैमा हामीले पैसा दिने होइन । नियम कानून र कार्यविधिअनुसार बीमितको उपचारबापतको रकम दिने हो”, उनले भने, “अस्पतालले पठाएको प्रमाणमाथि हामीले रुजु गर्ने काम गरिरहेका छौँ । नियमअनुसार रुजु भएका अस्पतालको रकम हामीले रोक्दैनौँ ।” 

उनले अस्पतालले नियमअनुसारको प्रमाण उपलब्ध नगराउँदा भुक्तानीमा समस्या परेको बताए । बोर्डका अनुसार गत साउनयता ८ अर्ब १३ करोड अस्पताललाई उपलब्ध गराइसकेको छ । यस्तै जेठयता ६ अर्ब अस्पताललाई दिन बाँकी रहेको उनको भनाइ छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि ४५० अस्पतालसँग सम्झौता गरेको छ । 

सरकारले पाँच वर्षअघि सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । एउटा परिवारले ३ हजार ५ सयको स्वास्थ्य बीमा गरेपछि उक्त परिवारको पाँच जना सदस्यले अस्पतालमा १ लाख बराबरको उपचार सेवा लिन पाउने व्यवस्था रहेको छ । हाल देशभरका ७७ जिल्लामा ५७ लाख मानिस बीमा कार्यक्रममा सहभागी भएका छन् । 

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...