News Portal

रवि लामिछानेद्वारा “राष्ट्रिय स्वतन्त्र पार्टी” धोषणा, चुनाव चिन्ह घण्टी र पार्टी कार्यालय बसुन्धारा

हिमालीसंचार संवाददाता
७७४ पटक

काठमाडौं – पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गरेका छन् । मंगलबार राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै उक्त प्रतिवद्धता व्यक्त गरेका लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिन्ह घण्टी रहेको धोषणा गरेका छन् ।

‘चन्दाको गन्धा धन्धा हाम्रो पार्टीले कहिल्यै गर्दैन,’ लामिछानेले भनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने भएका छन्। उनले आफ्नो पार्टीमा अहिले २१ जना राष्ट्रले नचिनेका तर राष्ट्रलाई चिनेका व्यक्तिहरु रहेको उल्लेख गरेका छन् । 

लामिछानेले मंगलबारको पार्टी घोषणा कार्यक्रमको आर्थिक प्रवन्धका लागि पनि कुनै व्यवसायीहरूसँग चन्दा नमागेको बताए । यस क्रममा उनले आफ्नो पार्टीको अवधारणा पनि सार्वजनिक गरेका थिए । उनले आफ्नो पार्टीको भ्रातृ संगठनहरू नहुने पनि घोषणा गरेका छन्  । साथै यस पार्टीले प्रत्यक्ष प्रधानमन्त्री र मुख्यमन्त्री अवलम्वन गर्ने लामिछानेले बताए ।

सरकारले आगामी मंसिरमा संघीय र प्रदेश निर्वाचनको तयारी गरिरहँदा लामिछानेले टेलिभिजन पत्रकारिता छाड्दै राजनीतिमा प्रवेश गरेको औपचारिक घोषणा गरेका हुन् । उनले अब निर्वाचन आयोगमा गएर “राष्ट्रिय स्वतन्त्र पार्टी” दर्ता गर्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस्

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...