News Portal

  • प्रदेश नं.१ को नामकरण थाती राख्नु ठूलो भूल भयो : पूर्वमुख्यमन्त्री राई

    हिमालीसंचार संवाददाता
    ८६३ पटक

    विराटनगर –  प्रदेश नं. १ का पूर्वमुख्यमन्त्री शेरधन राईले साढे तीन वर्ष प्रदेश नं. १ को बहुमत सहितको सरकारको नेतृत्वमा रहेर प्रदेशको नामकरणका लागि छलफलसमेत सुरु गर्न नसकेका प्रदेश १ का पूर्वमुख्यमन्त्री राईले कार्यकालको अन्तिम समयमा प्रदेशको नामकरण हुनुपर्ने जोड दिएका छन् ।

    पूर्वमुख्यमन्त्री राईले आयोजित पत्रकार सम्मेलनमा साढे तीन वर्षको कार्यकालमा सहमतिमै प्रदेश राजधानी टुंगो लगाउने प्रयत्न गरेको तर नामकरणबारे सर्वदलीय सहमतिमा थाती राख्नु ठूलो भूल भएको राईले स्वीकारे गरेका थिए । ‘सहमतिमा नै प्रदेशको नामकरण टुंग्याउन लिखित सहमति गरेर थाती राखेको तर त्यसपछि सुरु भएको कोरोना महामारीमा नै मुख्यमन्त्री पद छोड्नु परेकाले नामकरण हुन सकेन,’ उनले भने, ‘गठबन्धन सरकारका मुख्यमन्त्रीले राजेन्द्रकुमार राईले शपथ लिएकै दिन प्रदेश नामकरण पहिलो प्राथमिकता रहेको उद्घोष गरेको तर आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा यस विषय उल्लेख नभएकाले जटिलता थपिएको हो ।’

    प्रदेशसभाको सबभन्दा ठूलो दलको हैसियतले प्रदेश नामकरणका लागि अगुवाइ गर्ने एमालेले निर्णय गरेको उनले बताए । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम आएको भोलिपल्ट नै एमालेको संसदीय दलको बैठक बसी नामकरणमा सहजीकरणका लागि ५ सदस्यीय समिति गठन गरिएको र अहिले अन्य दलहरुसँग सकारात्मक छलफल भइरहेको सुनाए । ‘नामकरणको विषयमा कांग्रेससँग सकारात्मक छलफल भइरहेको र कांग्रेस–एमाले मिलेर प्रदेशको नामकरण प्रस्ताव ल्याइए पारित गराउन आवश्यक दुई तिहाई प्रदेश सांसदको संख्या एमालेले पुर्‍याउँछ,’ उनले भने, ‘एमालेमा तत्काल संसदीय दलको बैठक गरेर प्रदेश नामकरणको विषयमा निर्णय लिन कुनै समस्या छैन तर कांग्रेस तयार भएर आउनु पर्‍यो ।’

    एमाले र कांग्रेस मिलेर नामकरण गर्न एक जनामात्रै प्रदेश सांसद अपुग हुन्छ । नामकरणको विषयमा सत्तारुढ गठबन्धनमा फुट ल्याउने रणनीति हो भन्ने प्रश्नमा राईले प्रदेशको नामकरणका लागि कांग्रेस र एमाले एकजुट भए पनि गठबन्धनको सरकारमा कुनै असर र प्रभाव नपर्ने दाबी गरे । एमालेले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको नेतृत्वमा प्रदेश नामकरणमा सहजीकरण गर्न समिति बनाएको छ ।

    सरकारले प्रदेश नामकरणका लागि सहजीकरण गर्न स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टीका नेता जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले सर्वदलीय समिति बैठक आयोजनापछि एमालेको समर्थन र सहयोगबिना नामकरण सम्भव नभएको देखेपछि निष्कृय भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमारले प्रदेशसभामा प्रदेश नामकरणका लागि दुई तिहाई बहुमत आवश्यक रहेको र त्यो एमालेको साथ र समर्थनबिना सम्भव नरहेकाले एमालेलाई नै त्यसको नेतृत्व गर्न आग्रह गरेका छन् ।

    कांग्रेस संसदीय दलको बैठकले पनि प्रदेशको नामकरणका लागि अन्तरपार्टी सम्वाद गरी सहमति जुटाउन दलका नेता राजीव कोइरालालाई जिम्मेवारी तोकेको छ । कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले राजनीतिक संयन्त्रका संयोजक रहेका दलका नेता कोइरालालाई चालु अधिवेशनबाटै नामकरणका लागि सहमति जुटाउन जिम्मेवारी दिने दलको बैठकले निर्णय गरेको बताए ।

    ९० सदस्यीय प्रदेशसभामा ५ दलीय सत्ता गठबन्धनमा ५० जना प्रदेश सांसदमात्रै छन् । जसमा कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ प्रदेश सांसद छन् । प्रमुख प्रतिपक्षी दल एमालेका ३९ र राप्रपाका १ प्रदेश सांसद छन् । प्रदेशसभाबाट प्रदेशको नाम पारित गराउन आवश्यक ६१ सांसद पुर्‍याउन एमालेको समर्थन अपरिहार्य छ । तर गठबन्धन र प्रमुख प्रतिपक्षी दलभित्रकै सांसदहरु प्रदेशको नामकरण भूगोल र पहिचानको आधारमा हुनुपर्नेमा विभाजित छन् । जसले प्रदेश नामकरणको प्रक्रिया अघि बढ्न सकेको छैन ।

    आदिवासी जनजाति प्रदेशसभा सदस्यहरुले पहिचानको आधारमा प्रदेशको नामकरण हुने पक्षमा छन् भने खस, आर्य, ब्राहृमण, क्षेत्री, मधेसीलगायतका प्रदेशसभा सदस्यहरु भूगोलको आधारमा नामकरण हुनुपर्ने पक्षमा देखिएका हुन् । प्रदेशसभामा पहिचानवादी प्रदेशसभा सदस्यहरुकै बाहुल्यता रहेकाले नामकरण पेचिलो भएको हो । प्रदेशसभामा क्षेत्री/बाहुन ३३, राई लिम्बु २८, मधेसी आदिवासी १५, नेवार ५, गुरुङ, मगर र पहाडी दलित ३/३ र मुस्लिम २ जना सांसद छन् । पहिचान पक्षधर आदिवासी जनजाति प्रदेश सांसदको कुल संख्या ५४ छन् जुन नामकरणका लागि पर्याप्त छैन । उनीहरुले चाहेको नाममा अन्य सांसदले साथ दिने अवस्था नरहेकाले प्रदेशको नामकरण अनिश्चित बन्दै गएको छ ।

    भूगोल पक्षधरलाई कांग्रेस र एमालेको समर्थन देखिएको छ भने पहिचानवादी पक्षधरलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थन छ । पहिचानवादीहरुले लिम्बुवान, खुम्बुवान, किरात र लिम्बुवान–खुम्बुवान–किरातमध्ये एउटा प्रदेशको नाम हुनुपर्ने पक्षमा छन् । भूगोल पक्षधरहरु कोसी, सगरमाथा, विराट, कोसी–किरात, सगरमाथा–किरातमध्ये एउटा नाम राख्नु पर्ने पक्षमा देखिएका हुन् । कान्तिपुरले लेखेको छ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal