News Portal

एमाले सांसद बानियाँलाई अमेरिकी सैनिकको चिन्ता

हिमालीसंचार संवाददाता
३५१ पटक

काठमाडौं। एमाले सांसद मोहन बानियाँले सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा हावादारी गफ दिए। उनको हावादारी गफलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आशंका व्यक्त गरे।

मुगुबाट निर्वाचित सांसद बानियाँले नेपालमा अमेरिकी प्रभुत्व बढ्न लागेको, चीनलाई अहिलेको सरकारले नजरअन्दाज गरेको गुनासो मात्र गरेनन्, ५ हजार अमेरिकी सैनिक नेपालमा लुकेर बसेको पनि दाबी गरे।

उनले दुरुस्तै देखेको जस्तै बताएपछि माधव नेपालले पनि नेपालमा विदेशी सैनिक बस्नुले आशंका जन्माएको बताए। माधव नेपाल सत्तारुढ दलका प्रमुख नेता हुन्। उनको दल अहिलेको सरकारमा छ।

नेपालले नै त्यसो भनेपछि मिडियाले पनि समाचार बनाए। तर, नेपालमा ५ हजार अमेरिकी सैनिक रहेको भन्ने कुरा हास्यास्पदबाहेक केही हुन सक्दैन। विदेशी सैनिक नेपालमा आउँदा हवाई सेवा प्रयोग गर्नुपर्छ।

उनीहरू ओर्लने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हो। विदेशबाट को आयो ? कहिले आयो ? भन्ने सबै छर्लंग हुन्छ तर, एमाले सांसदले राजनीतिक प्रोपोगन्डा गरेको कुरालाई माधव नेपालले बुझ्न सकेनन्।

एमाले स्थानीय निर्वाचनको परिणामपछि अझै होसमा आइसकेको छैन। त्यसैले अहिले जनतामा छाइरहन सो पार्टीका नेताहरूले विभिन्न फन्डा झिकिरहन्छन्।

सांसद बानियाँले निकालेको फन्डा पनि त्यसकै कडीको एउटा निरन्तरता रहेको नेताहरु बताउँछन्। बानियाँ एक शिक्षिकालाई बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेर धरौटी छुटेका सांसद हुन्। बलात्कार आरोपी भए पनि उनी निर्धक्क संसद् बैठकमा उपस्थित भइरहेका छन्।

प्रतिकृया दिनुहोस्

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...