News Portal

एमालेले ढंग पुर्‍याउन नसक्दा दुईतिहाई बहुमतसहितको सरकार ढल्यो: मुख्यमन्त्री राई

हिमालीसंचार संवाददाता
३४४ पटक

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले एमाले नेतृत्वले ढंग पुर्‍याउन नसक्दा दुईतिहाइ बहुमतसहितको सरकार ढलेको बताएका छन्। प्रदेश १ सरकारको सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले गरेको टिप्पणीबारे आइतबार जवाफ दिने क्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

राईले एमालेले चार वर्ष सरकार चलाल्यो तर ढंग पुर्‍याउन नसक्दा केही महिनाअघि बनेको आफ्नो नेतृत्वको सरकारमाथि गाली गर्नुको अर्थ नहुने पनि तर्क गरे। उनले एमालेले ढंग नपुर्याएकै कारण दुईतिहाइको सरकार ढलेर १० सिट भएको आफूले मुख्यमन्त्री हुन पाएको पनि तर्क गरेका छन्।  

‘सरकार बनाउन र चलाउन ढंग चाहिने रहेछ। तपाईंहरुले ढंग नपुर्‍याउँदा दुईतिहाइको सरकार ढल्यो। ढंग पुर्‍याउँदा म जस्तो १० सिटे पनि मुख्यमन्त्री भएको भएको छु’, उनले अगाडि भने। प्रदेश १ मा एमाले विभाजित भएपछि १० जना सांसद माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागेका थिए। त्यसपछि राईले कांग्रेस र माओवादीको पनि साथ पाएपछि मुख्यमन्त्री बनेका हुन्। 

सरकार गठनबारे एमाले सांसदहरुले घोचपेच गरेपछि राईले सबै दललाई रोटेसनमा सरकार बनाउन दिने संवैधानिक व्यवस्था गर्न पनि आग्रह गरे। अघिल्लो सरकारका सबै कार्यक्रम हटाएर नयाँ कार्यक्रम ल्याउन नसकिने उनले बताए। एमाले सांसदहरुले नीति तथा कार्यक्रम आफुहरुकै कपी गरेको ल्याएको आरोप लगाएका थिए। 

नयाँ कार्यक्रम नल्याएको आरोप एमालेले लगाएपछि राई त्यसको पनि प्रतिवादमा उत्रिए। ‘एमालेका साथीहरुले पहिलेकै कार्यक्रमको निरन्तता भन्नुभयो। कतिपयले कपी गरेको आरोप लगाउनु भयो,’ उनले भने, ‘अर्कातिर उहाँहरुले काम नलाग्ने कार्यक्रम भन्दा अनौठो लाग्यो।’

प्रतिकृया दिनुहोस्

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...