News Portal

  • एमालेले ढंग पुर्‍याउन नसक्दा दुईतिहाई बहुमतसहितको सरकार ढल्यो: मुख्यमन्त्री राई

    हिमालीसंचार संवाददाता
    २७२ पटक

    विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले एमाले नेतृत्वले ढंग पुर्‍याउन नसक्दा दुईतिहाइ बहुमतसहितको सरकार ढलेको बताएका छन्। प्रदेश १ सरकारको सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले गरेको टिप्पणीबारे आइतबार जवाफ दिने क्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।

    राईले एमालेले चार वर्ष सरकार चलाल्यो तर ढंग पुर्‍याउन नसक्दा केही महिनाअघि बनेको आफ्नो नेतृत्वको सरकारमाथि गाली गर्नुको अर्थ नहुने पनि तर्क गरे। उनले एमालेले ढंग नपुर्याएकै कारण दुईतिहाइको सरकार ढलेर १० सिट भएको आफूले मुख्यमन्त्री हुन पाएको पनि तर्क गरेका छन्।  

    ‘सरकार बनाउन र चलाउन ढंग चाहिने रहेछ। तपाईंहरुले ढंग नपुर्‍याउँदा दुईतिहाइको सरकार ढल्यो। ढंग पुर्‍याउँदा म जस्तो १० सिटे पनि मुख्यमन्त्री भएको भएको छु’, उनले अगाडि भने। प्रदेश १ मा एमाले विभाजित भएपछि १० जना सांसद माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागेका थिए। त्यसपछि राईले कांग्रेस र माओवादीको पनि साथ पाएपछि मुख्यमन्त्री बनेका हुन्। 

    सरकार गठनबारे एमाले सांसदहरुले घोचपेच गरेपछि राईले सबै दललाई रोटेसनमा सरकार बनाउन दिने संवैधानिक व्यवस्था गर्न पनि आग्रह गरे। अघिल्लो सरकारका सबै कार्यक्रम हटाएर नयाँ कार्यक्रम ल्याउन नसकिने उनले बताए। एमाले सांसदहरुले नीति तथा कार्यक्रम आफुहरुकै कपी गरेको ल्याएको आरोप लगाएका थिए। 

    नयाँ कार्यक्रम नल्याएको आरोप एमालेले लगाएपछि राई त्यसको पनि प्रतिवादमा उत्रिए। ‘एमालेका साथीहरुले पहिलेकै कार्यक्रमको निरन्तता भन्नुभयो। कतिपयले कपी गरेको आरोप लगाउनु भयो,’ उनले भने, ‘अर्कातिर उहाँहरुले काम नलाग्ने कार्यक्रम भन्दा अनौठो लाग्यो।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...