News Portal

गरीबलाई छैन दसैंको उत्साह !

केशर राेका
७४४ पटक

प्युठान : जस्तापाताले चारैतिर बारेको झुपडी। चटाइको ढोका। बोल्न नसक्ने चुमाने नेपालीले बुवाआमासँगै श्रीमती पनि गुमाए। जन्मै अपांगता भएका स्वर्गद्धारी नगरपालिका–३ भिंगृ आरनेटोल प्युठानका नेपालीको जीवन निकै कष्टकर छ। उनलाई विहान बेलुका छाक टार्न मुश्किल पर्छ। झुपडीमा बसेर नाङलो, दाम्लो बुन्नु उनको दैनिकी हो। त्यही नाङलो दाम्लो बेचेको पैसाले उनी दैनिकी गुजार्छन्।

फाँटेका एकसरो कपडामा उनले धेरै वर्ष बिताउनुपर्छ। नगरपालिकाका बासिन्दा भए पनि ६३ वर्षीय नेपालीको जीवनमा कुनै सुधार छैन्। प्युठान–रोल्पा सडक नजिकै उनी बस्ने झुपडी छ। नेपालीको नाममा जग्गा, जमिन छैन्। सरकारी जग्गामा स्थानीयले ६ वर्षअघि बनाइदिएको झुपडी पनि भत्किने अवस्थामा पुगेको छ। उनको रेखदेख गर्ने कोही नहुँदा समस्या भएको छिमेकी भेगबहादुर विकले बताए। ‘ श्रीमतीको मृत्युपछि चुमानेलाई झन समस्या भपियो’, विकले भने, ‘छिमेकीले हेरचाह गरेर कति दिन पुग्छ ? ’

छरछिमेकीले बेलाबेला अन्न दिने गरेको विकले सुनाए। अपांगता भए पनि उनी आफैं खाना बनाउन सक्छन्। त्यति गर्न सक्नु पनि उनका लागि बाँच्ने सहारा बनेको छ। बोल्न नसके पनि इसाराका भरमा काम गर्छन्। दसैंको उमंग सुरुभइसकेको छ। विदेशिनेहरु घर फर्किन थालिसकेका छन्। अरुलाई चाडपर्वको रमझम लागेको छ तर उनलाई छुने कुरै भएन। नेपालीजस्तै अन्य गरिव परिवारलाई विहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता छ।

केही व्यक्तिले कहिलेकाहिँ सहयोग गरे पनि नेपालीजस्तै अन्य गरीब परिवारका समस्या समाधान हुन सकेको छैन्। ‘उनी एक्लो छन्, सहारा केही छैन। उनको नाममा जग्गा छैन् कसले साथ दिने ? ’, स्थानीय जगत नेपालीले भने, ‘यस्ता असहायलाई सरकारले हेरचाह गर्ने कार्यक्रम ल्याउनुपर्छ।’ रोगले सताउँदा कतिपय गरीब उपचारै नपाएर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता आउने उनको भनाइ छ।

जिल्लाका ग्रामीण क्षेत्रमा नेपालीजस्तै झुपडीमा जीवन विताउने धेरै छन्। उनीहरुलाई राज्यले देख्न सकेको छैन्। छिमेकीको सहारामा दिन विताउनु परेको छ। झिमरुक गाउँपालिका–४ अल्कामाझका उमबहादुर रायमाझीको पीडा पनि उस्तै छ। भत्किन लागेको खरले छाएको घरमा माझी बस्न थालेको धेरै वर्ष भइसकेको छ। २०७२ सालको भुकम्पले चर्काएको घरमा जोखिम मोलेर बस्न उनी बाध्य छन्।

रायमाझीको पनि मानसिक सन्तुलन ठिक अवस्थामा छैन। श्रीमतीले छाडेर गएपछि उनी एक्लो जीवन विताइरहेका छन्। रायमाझीलाई दसैं, तिहारले कहिल्यै छुन सकेको छैन। गाउँमा उनको घर मात्र खरले छाएको छ। ‘रायमाझी आफैंले घर बनाउन सक्ने अवस्थामा छैन’, छिमेकी लेटरबहादुर खत्री भन्छन्, ‘दाजुभाइले जसोतसो उनलाई पालेका छन्।’ ६९ वर्षे रायमाझीले फाँटेको कपडामा वर्षौं विताउनु पर्छ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...