News Portal

  • समाजवादीले सात प्रदेशमा समिक्षा रिपोर्टका लागि शीर्ष नेता खटाउने निर्णय गर्यो

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको समीक्षा गर्नका लागि मुलुका सबै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले स्थानीय तह निर्वाचनको लागि गम्भीर ढङ्गले समीक्षा गर्न सही सूचनाको आवश्यकता रहेको निष्कर्ष निकाल्दै त्यसको सङ्कलनका लागि सबै प्रदेशमा १/१ जना सचिवालयका सदस्यहरूलाई खटाउने निर्णय गरेको हो ।

    पार्टीले ५ दिन भित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना सङ्कलन गरिसक्ने गरी प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा प्रमेश हमाल, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली प्रदेशमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा वेदुराम भुसाललाई जिम्मेवारी दिने निर्णय गरिएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । 

    बैठकमा गठबन्धन भित्र पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढङ्गले छलफल गरिएको उनले बताए। उपमहासचिव तुलाधरले भने, ‘बैठक स्थानीय तह निर्वाचनको समग्र समीक्षा, गठबन्धन भित्र पनि हाम्रो पार्टी र अन्य पार्टीहरूको भूमिका र आगामी दिनमा कस्तो कार्ययोजनाका साथ अघि बढ्ने भन्ने विषयमा घनिभूत छलफल भएको छ । तर सबै सूचनाहरू प्राप्त नभएकाले सात वटा प्रदेशमा सचिवालयका सदस्यहरूलाई पाँच दिन भित्र त्यसको गम्भीर समीक्षा हुने गरी आवश्यक सूचना सङ्कलन गर्न खटाउने निर्णय गरिएको छ ।’

    बैठकमा नेताहरूले गठबन्धनमा आबद्ध अन्य दलहरूले आफ्नो पार्टीलाई निर्वाचनका बेला अपमानजनक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...