News Portal

लुम्बिनी समाज नेपाल कुवेतद्धारा आयोजित खुल्ला भलिबल खेलकाे उपाधी आयोजक टिमले हात पार्यो

हिमालीसंचार संवाददाता
४३८ पटक

कुबेत– लुम्बिनी समाज नेपाल कुवेतद्धारा आयोजित इसेवा मनी ट्रान्सफरको मुख्य प्रायोजनमा पुरुष भलिबल खुल्ला भलिबल प्रतियोगिता तथा नवाै बार्षिक उत्सव हिजो जुन ३ मा कुबेतको मङगाफस्थित फाहाहिल स्पोर्स क्लबको खेल मैदानमा सम्पन्न भयाे।

समाजको अध्यक्ष नेत्र पेमी मगर सभापतित्व रहेको कार्यक्रममा दुतावासबाट पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख अतिथी रहेका थिए भने एनआरएनए राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष रणध्वज लामाको बिशेष आतिथ्यता रहेको थियो। अतिथीहरुमा कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धिजिबी, पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरुको उपस्थिति रहेका थियाे।

कार्यक्रमलाई संस्थाका सचिब शंकर पौडेलले सञ्चालन गरेका थिए। कार्यक्रममा सभापति प्रमुख अतिथि बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी केक काटी उद्घाटन गरियको थियो।

नेपाली राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो।कार्यक्रममा प्रमुख अतिथि तथा बिशिष्ठ अतिथि शुभकामना दिदै परदेशमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबल खेलको बिकासमा महत्वपूर्ण भूमिका रही यसरी नेपाली-नेपालीबीच एकताको सुत्रमा एकजुट गराई प्रतियोगिता सफल गरेको आयोजकलाई धन्यवाद दिएका थिए।

१० सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै आयोजक टिम र कल्याणकारी नेपाली युवासमाज कुवेत टिम फाईनल प्रबेस गरेका थिए।

फाईनल खेलमा आयोजक टिमले कल्याणकारी नेपाली युवासमाज कुवेत टिम लाई पराजित गर्दै बिजेताको उपाधी चुमेको थियो भने कल्याणकारी नेपाली युवासमाज कुवेत उप-बिजेताको उपाधी हासिल गरेको थियो।

मोना कुबेत टिमले तेस्रो स्थान हासिल गरेको थियो भने, उत्कृष्ट वेस्ट अनुसासित टिम लाफा टिमले हासिल गरेको थियो। प्रतियोगितामा इसेवा मनी ट्रान्सफरको लक्कि ड्ररद्धारा भाग्यसालि उपारहरु पनि राखेका थिए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...