News Portal

खोटाङको साकेला गाउँपालिकामा २४ घण्टे सेवा सुरु

हिमालीसंचार संवाददाता
५८६ पटक

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले पहिलो कार्यपालिका बैठकमै जनमुखी निर्णय गरेका छन्।बिहीबार कार्यपालिकाका ६ जना सदस्यहरुलाई शपथ गराई बधाई तथा शुभकामना कार्यक्रमपछि बसेको पहिलो कार्यपालिका बैठकले ‘साकेला जिरो आवर सर्भिस’ लागू गर्ने पहिलो निर्णय गरेको छ।

सामान्यतः नेपालमा बिदा बाहेक बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कार्यालय समयमा स्थानीय सरकारलाई भेट्न सकिन्छ। तर, यो गाउँपालिकाले भने गाउँपालिकावासी नागरिकले भुइपरी आउने आपतविपत बाहेक र बिदामा पनि २४ सैं घण्टा स्थानीय सरकारबाट सक्ने सहयोग पाउनका लागि साकेला जिरो आवर सर्भिस अर्थात २४ घण्टे सेवाको सुरुवात गरेका हुन्।

दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा २४ घण्टे सेवाको सुरुवात गर्नेमा यो गाउँपालिका पहिलो भएको छ।

सम्भवतः ७५३ वटै स्थानीय तहमा यस्तो सेवाको सुरुवात भएको छैन। हामीले आजको दिनबाट जनताका लागि साकेला जिरो आवर सर्भिस अर्थात २४ घण्टे सेवा सुरु गरेका छौ गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भने।

आपतविपत  पर्योb दुःख कष्ट पर्यो ठूलो समस्या भयो भने स्थानीय सरकारलाई २४ सै घण्टा गुनासो राख्न तथा सहयोग माग्न पाईयो । अध्यक्ष राईले भने, ‘त्यसमा सरकार पनि कसरी सहयोग पुरायाउने भन्ने कुरामा दृढ रुपमा लाग्नेछ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...