News Portal

खोटाङको साकेला गाउँपालिकामा २४ घण्टे सेवा सुरु

हिमालीसंचार संवाददाता
५३४ पटक

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले पहिलो कार्यपालिका बैठकमै जनमुखी निर्णय गरेका छन्।बिहीबार कार्यपालिकाका ६ जना सदस्यहरुलाई शपथ गराई बधाई तथा शुभकामना कार्यक्रमपछि बसेको पहिलो कार्यपालिका बैठकले ‘साकेला जिरो आवर सर्भिस’ लागू गर्ने पहिलो निर्णय गरेको छ।

सामान्यतः नेपालमा बिदा बाहेक बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्म कार्यालय समयमा स्थानीय सरकारलाई भेट्न सकिन्छ। तर, यो गाउँपालिकाले भने गाउँपालिकावासी नागरिकले भुइपरी आउने आपतविपत बाहेक र बिदामा पनि २४ सैं घण्टा स्थानीय सरकारबाट सक्ने सहयोग पाउनका लागि साकेला जिरो आवर सर्भिस अर्थात २४ घण्टे सेवाको सुरुवात गरेका हुन्।

दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा २४ घण्टे सेवाको सुरुवात गर्नेमा यो गाउँपालिका पहिलो भएको छ।

सम्भवतः ७५३ वटै स्थानीय तहमा यस्तो सेवाको सुरुवात भएको छैन। हामीले आजको दिनबाट जनताका लागि साकेला जिरो आवर सर्भिस अर्थात २४ घण्टे सेवा सुरु गरेका छौ गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भने।

आपतविपत  पर्योb दुःख कष्ट पर्यो ठूलो समस्या भयो भने स्थानीय सरकारलाई २४ सै घण्टा गुनासो राख्न तथा सहयोग माग्न पाईयो । अध्यक्ष राईले भने, ‘त्यसमा सरकार पनि कसरी सहयोग पुरायाउने भन्ने कुरामा दृढ रुपमा लाग्नेछ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...