News Portal

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, सरकार स्पष्ट छ : प्रधानमन्त्री देउवा

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारेका छन्।

प्रधानमन्त्री देउवाले यसअनुरुप सरकारको कूटनीतिक प्रयास जारी रहेको बताएका हुन्। प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ। सीमा सम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको छ।

उनले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आइरहेको र नेपाल सरकारले देशको हितलाई ध्यानमा राखी पारस्परिक लाभ र सार्वभौमिकताका आधारमा सम्बन्ध अघि बढाइरहेको पनि जिकिर गरे।

उनले नेपाल सरकार एक चीन प्रति नेपाल प्रतिबद्ध रहेको र बीआरआई परियोजनालाई अघि बढाउन गम्भीर रहेको पनि जानकारी दिए।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...