News Portal

गणित बिषयमा डिग्री श्यामको “हे आमा आउदिन दसैं मा” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१५५४ पटक

राजु बोहरा/काठमाडौ : दसैंको चहलपहल चली रहेको बेलामा घरदेशी हरुलाई परदेसी फर्कने हुन् या हैनन् भनेर मन पोलि रहेको हुन्छ । आँगनमै दसैँ, साहुको रिणको दबाब, त्यसमा पनि काखको छोरो परदेश बाट घर आउन नपाए पछि बुढा बा आमा भक्कानिदै दसैको तडक भडक नियाल्न बाध्य हुन्छन ।

यस्तै परिवेश समेटेर सिन्धुली तिनपाटन गाउपालिका वडा नँ ४ मा जन्मिएका, बहुप्रतिभाका धनी गाएक श्याम अधिकारिले “हे आमा आउदिन दसैं मा” बोलको गित लिएर आएका छन्, यस गीतमा लय/शब्द/स्वर श्याम अधिकारीको नै रहेको छ । गायक अधिकारीले गणित बिषयमा डिग्री गरेका छन् ।

सानै देखि गायक बन्ने सपना बोकेका अधिकारीले, पढाइ सके पछि औपचारिक रुपमा साँगितिक क्षेत्रमा प्रेबस गरेका हुन् । गीत र संगीत मार्फत समाजमा भएका बिसँगती, कुरितीलाई निरुत्साहित गर्दै समाज परिबर्तनमा भुमिका खेल्ने उनको लक्ष रहेको छ ।

“हे आमा आउदिन दसैं मा” बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?time_continue=8&v=7RShwpqCw9I

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...