News Portal

रंगेलीमा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेकाे विजयी

हिमालीसंचार संवाददाता
३८८ पटक

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) ले ऐतिहाँसिक जित निकालेको छ। नेपाली कांग्रेसको ‘गढ’ काे रुपमा चिनिँदै आएको रंगेली नगरपालिकामा पहिलो पटक एमाले विजयी भएको हो।
आइतबार सँझ सम्पन्न अन्तिम मतपरिणाम अनुसार रंगेली नगरपालिकाको मेयर, उपमेयर र ९ वटै वडाको वडाध्यक्ष एमालेले जितेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रंगेलीले सार्बजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एमालेका दिपिल बगडीया फराकिलो मतान्तरले विजयी भएका छन्।

बगडीयाले १२ हजार ८ सय ६१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे। बगडीया र घिमिरेको मतान्तर ३८०० छ। बगडीया निवर्तमान मेयरसमेत हुन्। त्यस्तै उपमेयरमा एमालेकै भूमा पराजुली ११ हजार ७ सय ९० मतसहित निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट साझा उम्मेदवार जसपाका पन्नालाल मण्डलले ५१७५ मत मात्र प्राप्त गरे। पराजुलीले मण्डललाई ६६१५ मतान्तरले पराजित गरिन् ।रंगेलीका ९ ववडा मध्ये सवै वडामा पनि एमाले विजयी भएको छ।

६ नम्बर वडाको एउटा वडा सदस्य जसपाले जितेपनि अन्य सवै वडमा एमालेका उम्मेदवार प्यानलसहित निर्वाचित भएका हुन् । नव निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरेका हुन्। प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित मेयर दिलिप बगडीयाले शान्तिपूर्ण, भयरहित वातावरण र निश्पक्षरुपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रहरी,प्रशासन सवैलाई धन्यवाद ज्ञापन गरे।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...