News Portal

  • माथागढी गाउँपालिकाको निर्वाचित जनप्रतिनिधिले अभिभावक बिहीन बालबालिकाको शिक्षाको जिम्मेवारी लिने

    हिमालीसंचार संवाददाता
    २४७ पटक

    पाल्पा – माथागढी गाउँपालिकाको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूले पदबहाली गर्नुभएको छ। केही दिनअघि मात्रै सकिएको स्थानीय तहको निर्वाचनबाट माथागढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित यमबहादुर चिदी, उपाध्यक्षमा निर्वाचित विष्णुमाया लुङ्चेमगर, वडा अध्यक्षमा निर्वाचित वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको सपथपछि पद बहाली गरे।

    अध्यक्षको पदबहाली गरेलगत्तै माथागढी गाउँपालिकाको अध्यक्ष यमबहादुर चिदीले अभिभावक बिहीन बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी गाउँ सरकारले लिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ। अभिभावक बिहीन बालबालिकाको पढाई लेखाई, पोशाक तथा शिक्षा सम्बन्धी सम्पूर्ण खर्च पालिकाले बेहोर्ने निर्णयमा चिदीले पदबहाली पछि हस्ताक्षर गरे।

    माध्यमिक तहसम्मको शिक्षाको सम्पूर्ण दायित्व स्थानीय सरकार मातहत रहेकाले अभिभावकबिहीन बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि उनीहरूको शिक्षा लिने अधिकारलाई निरन्तरता दिन सम्पूर्ण शिक्षा सम्बन्धी खर्चको जिम्मेवारी लिने निर्णय लिइएको अध्यक्ष चिदीले जानकारी दिए।

    अध्यक्ष चिदीले जनताको चाहना र आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार काम गर्ने घोषणा गर्नुभयो । उहाँले विगतका जनप्रतिनिधिले अघि सारेका अधुरा योजनालाई पूरा गर्ने र निर्वाचनका बेला आफूहरूले अघि सारेका योजनालाई अघि बढाएर नमूना पालिका बनाउने प्रतिबद्धता बताए।

    जनप्रतिनिधिको सपथग्रहण तथा निवर्तमान जनप्रतिनिधिको बिदाई कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष थापाले नवनिर्वाचित जनप्रतिनिधिलाई आपसी सहकार्य र समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूहरू निर्वाचित भएका बेला बस्ने कुर्चीसमेत नभएको स्मणण गर्दै अहिलेको अवस्था धेरै फरक रहेको र पालिको समग्र विकासमा ध्यान दिन आग्रह गरे।

    कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष विष्णुमाया लुङ्चेमगर, निवर्तमान उपाध्यक्ष निर्मला भट्टराई, निर्वाचन अधिकृत मीना अर्याल, पूर्व वडा अध्यक्ष जनक रिजेल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानालगायतले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो। कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको अध्यक्षता, स्वास्थ्य संयोजक केशल जिसीको स्वागत तथा शिक्षा संयोजक अशेषकुमार भट्टराईको संचालनमा सम्पन्न भएको थियो।

    यसैबीच माथागढीको सबै वडामा जनप्रतिनिधिहरूले पदबहाली गर्नुभएको छ । माथागढीको वडा नं. १ मा वडा अध्यक्ष राजकुमार पन्थी, वडा नं. २ का अध्यक्ष बोमबहादुर ठाडा, वडा नं. ३ का वडा अध्यक्ष तेजबहादुर घर्तीमगर, वडा नं. ४ का वडाअध्यक्ष शंकर दर्लामी, वडा नं. ५ का वडा गशेणमान गाहा, अध्यक्ष वडा नं. ६ का अध्यक्ष युवबहादुर ठाडा, वडा नं. ७ का अध्यक्ष जंगबहादुर दर्लामी र वडा नं. ८ का अध्यक्ष दिलबहादुर ढेंगामगरले पदबहाली गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...