News Portal

  • धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रताको मारे उच्च छलाङ

    हिमालीसंचार संवाददाता
    १०३५७ पटक

    धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको नतिजा सार्वजनिक हुदा सामाजिक अभियन्ता मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ११४८० मत प्राप्त गरी निरन्तर रुपमा अग्रताको उच्च रफ्तारमा छलांग मारेका छन् ।

    आज बिहान निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार धरानमा वडा नं. १ देखि १२, १८ र १९ को ३७९५७ मत गणनाको मतपरिणाम सार्वजनिक गरेअनुसार मेयर पदको उम्मेदवार हर्क साम्पाङले ११४८० मत प्राप्त गरेको जानकारी दिएको हो। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १०३९२ मत प्राप्त गरेको छ। नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारी सुबेदीले ८४६८ मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार साम्पाङ र गठबन्धनका उम्मेदवार राईलाई पछ्याई रहेकी छिन्। 

    मेयर पदका स्वतन्त्र उम्मेदवार साम्पाङ र कांग्रेसका उम्मेदवार राईको १०८८ मतको मतान्तर रहेको छ। स्वतन्त्र मेयर पदको उम्मेदवार साम्पाङ र एमालेकी मेयर पदकी उम्मेदवार भण्डारीसंग ३०१२ मतको मतान्तर रहेको छ भने कांग्रेसका राई र एमालेकी भण्डारीबीच १९२४ मतको मतान्तर रहेको छ। 

    त्यस्तै, उपमेयरमा गठबन्धनका उपमेयर पदका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११९३८ मत प्राप्त गरेका छन् । एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्वोले ११४०२ मत प्राप्त गरेका छन् । उपमेयरमा ५३६ मतको मतान्तर रहेको छ।

    धरानमा कुल मतदाता संख्या १ लाख ३ सय २४ मतदाता रहेको छ। स्थानीय तहका निर्वाचनमा ६२ हजार ८ सय ९७ मत खसेको थिए। अब धरानमा वडा नं. २० सहित २४९४० मत गणना हुन बाकी रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २ गतेको राशिफल

    आज भदौ २, २०८२ (अगस्त १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...