News Portal

धरान अपडेटः स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रताको मारे उच्च छलाङ

हिमालीसंचार संवाददाता
१०६१६ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको नतिजा सार्वजनिक हुदा सामाजिक अभियन्ता मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ११४८० मत प्राप्त गरी निरन्तर रुपमा अग्रताको उच्च रफ्तारमा छलांग मारेका छन् ।

आज बिहान निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार धरानमा वडा नं. १ देखि १२, १८ र १९ को ३७९५७ मत गणनाको मतपरिणाम सार्वजनिक गरेअनुसार मेयर पदको उम्मेदवार हर्क साम्पाङले ११४८० मत प्राप्त गरेको जानकारी दिएको हो। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १०३९२ मत प्राप्त गरेको छ। नेकपा एमालेकी मेयर पदका उम्मेदवार मञ्जु भण्डारी सुबेदीले ८४६८ मत प्राप्त गरी स्वतन्त्र उम्मेदवार साम्पाङ र गठबन्धनका उम्मेदवार राईलाई पछ्याई रहेकी छिन्। 

मेयर पदका स्वतन्त्र उम्मेदवार साम्पाङ र कांग्रेसका उम्मेदवार राईको १०८८ मतको मतान्तर रहेको छ। स्वतन्त्र मेयर पदको उम्मेदवार साम्पाङ र एमालेकी मेयर पदकी उम्मेदवार भण्डारीसंग ३०१२ मतको मतान्तर रहेको छ भने कांग्रेसका राई र एमालेकी भण्डारीबीच १९२४ मतको मतान्तर रहेको छ। 

त्यस्तै, उपमेयरमा गठबन्धनका उपमेयर पदका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ११९३८ मत प्राप्त गरेका छन् । एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्वोले ११४०२ मत प्राप्त गरेका छन् । उपमेयरमा ५३६ मतको मतान्तर रहेको छ।

धरानमा कुल मतदाता संख्या १ लाख ३ सय २४ मतदाता रहेको छ। स्थानीय तहका निर्वाचनमा ६२ हजार ८ सय ९७ मत खसेको थिए। अब धरानमा वडा नं. २० सहित २४९४० मत गणना हुन बाकी रहेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...